यातायात कार्यालय कलैयामा प्रमुख दास आएपछि दुई महिना मै ३ करोड भन्दा बढी राजश्व संकलन, सेवा प्रवाहमा सहजता

दाश पन्न्नालाल दाश पन्न्नालाल 252 Views

संवाहक

राष्ट्रिय दैनिक/ अनलाईन

११ चैत, कलैया— यातायात व्यवस्था कार्यालय कलैया बारामा कार्यालय प्रमुख अबिन्दर दास आएदेखि सेवाग्राहीले सहज सेवासुविधा पाउनुको साथै राजश्वमा उल्लेख्य बृद्धि भएको  छ।

कार्यालय प्रमुखमा दास हाजिर भए यता २ महिना मै ३ करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएको कार्यालयको तथ्याङकले देखाएको छ।

माघ ९ गते हाजिर हुनु भएका कार्यालय प्रमुख अबिन्दर दासको सक्रियतामा पहिलेको तुलनामा छोटो समयमा अपेक्षा भन्दा बढी राजश्व संकलन गर्न सफल भएको सुचना अधिकारी जिवन पौडेलले बताएका छन्।

यतायात कार्यालय कलैयामा प्रमुख दास आउनु भन्दा अगाडी देखि लिखित र ट्रायलका लागि करिब १ हप्ता कुर्नु पर्ने बाध्यता थियो।

कार्यालय व्यवस्थापन सँगै कर्मचारीको कार्यविभाजन गरि सेवा प्रवाह दुरुस्त गरेपछि अब एकै दिन बिहान लिखित परिक्षा लिने काम हुन्छ भने सोही दिन दिउँसो ट्रायल लिने सम्मको कामको शुरुवातको  भएको छ।

यस अघि कार्यालय व्यवस्थापन र कर्माचारीको कार्यविभाजन जेनतेन चलिरहेको अवस्था थियो।

सेवाग्राहीहरुको अझै सुविधा होस भने उदेश्यका हप्ताको पाँच दिन अर्थात सोमवार देखि विहीबार सम्म लिखित परीक्षा एवम ट्रायलको प्रवन्ध गरिएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

सेवाग्राहीले छिट्टो छरितो कम समयमै सेेवा पाउने वातावरण थालनी भएसँगै हप्तौ कुर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको हो।

अन्यत्र झन्झटिलो व्यवस्था वायोमेट्रिक पछि लिखित अनि ट्रायलको लागि लामो समयको पर्खाईले समय र खर्च बढने सेवाग्राही मर्कामा पर्ने स्थिति छ र यस यातायात कार्यालय कलैयामा पनि थियो।

यसरी कार्यालय प्रमुख दासको कार्य कुशलताले जिल्ला भन्दा बाह्य सेवाग्राही यातायात कार्यालय कलैयामा बारा , पर्सा, रौतहट, चितवन र मकवानपुरबाट समेेत आउने गरेकोले राजश्व संकलनमा वृद्धि भईरहेको उनले बताए।

दैनिक औसतमा ६० जना सेवाग्राहीहरु मेटरसाईकल, कार, स्कुटर, अटोरिक्सा, ट्याक्टर, बस, ट्रक , टिपर लगायत  साना ठुला अन्य मेसिनरी सवारी साधनहरुका लागि सेवा लिईरहेका छन्।

चालक अनुमति पत्र, नविकरण, बिलबुक नबिकरण, नयाँ सवारी दर्ता, लगायत सवारीको विभिन्न कर समेत र मधेश प्रदेशमा सवारी करमा छुटको व्यवस्था गरेपछि पनि राजश्व संकलन बढेको उनले थपे ।

अहिले यतायात कार्यालयमा कार्यालय प्रमुख दासले १७ जना कर्मचारी सहित सेवाप्रवाहमा सेवाग्राहीलाई लामो लाईन लाग्ने, दिनभरि कुर्ने , झन्ज्झटिलो कार्यप्रणालीेले सेवाग्राही अर्काको भर पर्नु पर्ने जस्ता नमिल्दो कारणको बाध्यातालाई सदाको लागि समाप्त गरिएको उनले भने।

साथै कार्यालय समयमा कार्यबिभाजन अनुसार ड्युटीमा कुनै पनि कर्मचारीको आलटाल र ढिलासुस्तिको गुनासो सुन्न नपरोस भन्ने सख्त निर्देशन सहित कर्मचारी व्यवस्थापन मिलाईएको कार्यालय प्रमुख दासले बताएका छन्।

यतायात व्यवस्था कार्यालय कलैया बाराको सुबिधा सम्पन्न भवन संगै भविष्यमा कार्यालयको आफ्नै भवन र ट्रायल सेन्टर होस् सोंचका साथ पहल थालेका उनले बताए।

यसका लागि न्वय गरेर निवेदन सहित माग गरेपछि  कलैया उपमहानगरपालिकाका वडा कार्यालय -१७ ले ब्रह्मपुरीमै ३ विगाहा जग्गा उपलव्ध गराउन वडाबाट सिफारिस भई प्रकृृया अघि बढिसकेको कार्यालय प्रमुख अबिन्दर दासले बताएका छन्।

जग्गाको पहलकदमी बारे वडा नम्बर १७ ले वडामा यतायात कार्यालयलाई दिने जग्गाका बारेमा श्रम तथा यातायात मन्त्रालय जनकपुरधाम, जिल्ला प्रशासन कार्यालय बारा, कलैया उपमहानगरपालिका लगायतका सम्बन्धित निकायमा बोद्धार्थ पठाईएको छ।

बढदो सेवाग्राही र जनसंख्यालाई मध्यनजर गरि एक वर्षको लक्ष्य राखी यस यातायात व्यवस्था कार्यालयको सुविधा सम्पन्न भवन सँगै ट्रायल सेन्टर निर्माणमा कलैया उपमहानगरपालिका समेत गरि सरोकारवाला निकायसँग पहल थालिएको प्रमुख दासले बताए।

 

प्रतिक्रिया
Share This Article