२१ हजारको समानहरु प्रहरीको नियन्त्रणमा

संवाहक 

अनलाई/ राष्ट्रिय दैनिक

२६ फाागुन, बारा — प्रहरी चौकी बरियारपुरले फागुन २५ गते पौनौ ११ बजेको समयमा महागढीमाई नगरपालिका -२ ईनर्वाबाट २१ हजार बराबरको समानहरु नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

ईनर्वा टोल स्थितमा भारतबाट नेपालतर्फ भन्सार छली गरी मोटरसाईकल  र साईकलमा ल्याउदै गरेको चिनी १ बोरा ( ३० के.जी.) अं. मुल्य रु २ हजार ४ सय, सरफ १ बोरा ( २६ के.जी.) अं. मुल्य रु २ हजार ६० सय, खाने तेल ( ४० प्याकेट) अं. मुल्य रु ४ हजार र  ३ बोरा सखर ( गुड अं. मुल्य रु १२ हजारको गरि अं. मुल्य रू. २१ हजार बराबरको उकत समानहरु प्रहरीले समाएको हो।

प्रहरी टोलीलाई देखी उक्त समान सोही स्थानमा फाली मोटरसाईकल र साईकल लिई तस्कर फरार रहेकोले उक्त समानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक  बिजय राज पण्डितले जानकारी गराएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *