बारा जिल्ला विपद व्यवस्थापनको बैठक , सिमलताल वस दुर्घटनाका मृतकलाई मधेश सरकारले थप एक लाख दिने

दाश पन्न्नालाल दाश पन्न्नालाल 223 Views

२२ असोज, कलैया ।  बारामा जिल्ला विपद व्यव्स्थापन समितिको नियमित बैठक मंगलवार जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ।

विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शशिधर धिमिरेले स्थानीय सरकारले स्वयम् अधिकार सम्पन्न भएकोले सोको पुर्व तयारी तथा अबिरल वर्षाबाट भएको क्षति संकल्नमा वास्तविक पिडितको सिफारिसमा जोड दिएका हुन्।

हाम्रो प्रशाशन प्रहरीबाट तर्फबाट हुने समन्वय र सहयोग गरिराखने नै हो तर कसलाई राहत चााहिने , कहाँ विपदको जोखिम छ सो लाई पहिचान उद्दार कार्यमा स्थानिय तहनै बढी सक्रिय भए बडी फलदायी हुने प्रजिअ घििमिरेले बताएका छन्।

पालिकामा विपद व्यवस्थापन समिति गठन गर र उद्वार कोप समेत स्थापना गर्नुपर्ने, उनले थपे ।

सिमलताल बस दुर्घटनामा बाराको ६ जनाले ज्यान गुमाएका उनीहरुको लागि प्रती व्यक्ति संघिय सरकारको तर्फबाट दुई/ दुई लाख रकम गृह मन्त्रालयले पठाए‌को र त्यसैगरी मधेस प्रदेश सरकारने समेत  थप एक/ एक लाख र  सहित सहयोग गरेको जानकारी गराएका छन्।

सत्ता अघि अविरल वर्षाको कारण बारामा खासै जिउधनको क्षती नभएको   तर विपद व्यवस्थापनको लागि पूर्व तयारीमा रहन नदि तटीय क्षेत्रका बस्तीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेेका छन्।

व्यवस्थापन समितिको बैठकमा जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साह,  कलैया उप महानगरपालिकाका नगर प्रमुख बिनोद साह, जितपुरसिमरा नगरपालिकाका नगर प्रमुख राजन पौडेल, परवानिपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्रि प्रसाद कुर्मी, आदर्शकोतवाल गापाका अध्यक्ष जवाहिर साह, बारागढी गापाका अशोक साह,विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भूट्टो,  कोल्हबी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरी , प्रसौनी गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवार,  नेपाली सेना जवालदल गणका प्रमुख सेनानी कुमार खडका, वारा प्रहरी उपरिक्षक प्रमुख महेन्द्र खड्‌का,  शसस्त्र प्रहरी वल नं १२ गणका स. प्र. उ. संतोष बहादुर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका रामबाबु चौधरी, कांग्रेसका प्रतिनिधि चन्द्रिका गुप्ता, माओवादीका मुकेश साह, जनमतका शिव नाथ पटेल, विबेकशिल साझा पार्टीका डा. शुशिल साह , लोसपाका डा. कमरुलाह अंसारी, पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगायतका कार्यालय प्रमुख सरोकारवाला सहभागि थिए।

प्रतिक्रिया
Share This Article