पचरौता नपाले ८५ घर परिवारलाई नि:शुल्क सिलिण्डर चुल्हो वितरण

२० असोज , कलैया । बारामा पचरौता नगरपालिकाले आईतवार  नगरका विपन्न घर परिवारलाई चुल्हो सेट सहितको खाना पकाउने ग्याँस सिलिण्डर निःशुल्क वितरण गरेको छ ।

पालिका कार्यालयबाट औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगर प्रमुख जलन्धर सिंहले चुल्हो सहितको सिलिन्डर वडा नं ५  बेलदारी टोलका ८५ घर परिवारलाई नि: शुल्क वितरण गरेेका हुन्।

यसैगरि क्रमश: बाँकी योजना अनुसार नगरभरि करिब १२ सय ६५ घर परिवारलाई आफु निर्वाचित भएपछि बितरण गर्ने प्रतिबद्धता अनुरूप नगरबासीलाई चुल्हो सहितको गैस सिलिन्डर वितरण गर्न लागिएको नगर प्रमुख सिंहले बताए ।

आइतबारबाट सुरु भएको यो कार्यक्रम धुवाँमुक्त नगर अभियानसँग सम्वन्धित भएको र दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले पनि यो कार्यक्रम ल्याइएको नगर प्रमुख सिंहले बताए।

ग्याँस सिलिण्डर वितरणले गृहणिले धुँवामा चुल्हो फुक्ने दाउरा गोेईठाको भरमा खााना पकाउनु पर्ने बाध्यतालाई हटाएको छ। धुँवारहित भान्सा हुनेछ। गृहणिले आँखा र दमको समस्या लगायत रोगी हुनबाट  नगरबासी महिलाहरु जिगिने मेयर सिंहको धाारणा रहेको छ। यसबाट समयको बचत सहजताले हजारौ घर परिवार लाभान्वित भएको छ।

कार्यक्रममा प्रशासकीय अधिकृत गौरी साह, ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी,  ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, स्थानीय नेता नेवाजी अंसारी स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेका थिए।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *