ब्रह्म कुमारी राजयोग सेवा केन्द्रद्धारा शुभकामना अदान प्रदान

कलैया उपमहानगरपालिका वडा नम्बर-१ स्थित सेवा केन्द्र कलैयाको आफ्नै भवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले  शुभकामना कार्यक्रमको गदघाटन गरेकी हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले हामी सबै ईश्वरका सन्तान हौ , परमात्मा एउटै हो, सधै सकारात्मक सोंचले मानिस स्वयम् राम्रो बाटोमा हिडने बताईन । अचाानक नेपाल आएको बाढीले मान्विय र भौतिक क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै  यस्ता अपत्यारिलो घटनाले मानिसको आत्मालाई परमात्माको स्मरण हराउँछ । जिवनमा अध्यात्म एक जरुरी रहेकोले सेवा केन्द्रको समाजिक कार्यले मानिसमा राम्रो कामको प्रेरणा मिलेको उनले बताईन्।

कार्यक्रममा, संविधान सभा सदस्य बलविर चौधरीले घर परिवार समाज,शरिरको सफाई भन्दा मनको विकार सफा गर्न परमात्मा सँग जोडन अध्यात्मले सिकाँउ छ।

सो अवसरमा पूर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साह,नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे, कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष मोहन बहादुर क्षेत्री, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव, पत्रकार सिकेन्द्र पासवान लगायतकाले दशै दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना अदान प्रदान कार्यक्रम सेवा केन्द्र कलैयाकी प्रमुख मिना दिदिको अध्यक्षता तथा स्वागत मन्तव्य शिक्षक महासंघक पुर्व अध्यक्ष देवेन्द्र गिरि एवम् संचालन सेवा केन्द्र कलैयाकी सुष्मा दिदीले गरेकी थिइन ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *