दास पन्नालाल, बारा
१५ असोज—
आज विहान १० बजे बारामा सवारि दुर्घटनामा परि मोटरसाईकलका चालक सहित सवार २ जनाको मृत्यु भएको छ, भन्ने ४ जना घाईते भएका छन्।
चुुरियामाईको उकालो चढने क्रममा बसको ब्रेक फेेल भई पछाडी रहेका दुई वटा मोटरसाईकललाई ठक्कर दिई किचेको हो।
मृृत्यु हुनेहरु: ना १२ प ३३६० नं. को मोटर साईकल चालक बाराका फेटा गाँउपालिका-१ भरवलियाका २५ बर्षिय मकेश्वर पटेल र म.प्र. ०३-०२४ प ४४९५ नं. को मोटरसाईकल पछाडी सवार पर्सा विरगंज महानगरपालिका- ३१ बस्ने कञ्चन कुमार पटेलकी पत्नि बर्ष २६ की कविता देवी रहेका छन्।
मृतक दुवै जनाको टाउको र शरिरको विभिन्न भागमा चोट लागि गम्भिर अवस्थामा उपचारको लागि प्रादेशिक अस्पताल कलैया पठाईएकोमा बाटोमा लैजाने क्रम्मा मृत्यु भएको प्रहरीले अस्पताललाई उदृत गर्दै जानकारी गराएका छन्।
घाईते हुनेहरु: ना १२ प ३३६० नं. को मोटर साईकल चालक बारा फेटा गाँउपालिका-१ भरवलियाका २५ बर्षिय मकेश्वर पटेल
सँगै पछाडि सवार मृतक चालक पटेलकी श्रीमति २२ वर्षिया कलिता देवि र चालकको छोरी २० महिनाकी तान्या पटेल आमा छोरी घाईते भएकी छिन्।
ढाँड टाउको र दुवै हात खुट्टामा चोट अवस्था सामान्य रहेख सहकारी अस्पताल मकवानपुरमा उपचार भईरहेको बारा प्रहरीले जानकारी गराएका छन्।
म.प्र. ०३-०२४ प ४४९५ नं. को मोटर साईकल चलक पर्सा विरगंज महानगरपालिका- ३१ बस्ने अं. बर्ष २७ को कञ्चन कुमार पटेल र सोहि मोटरसाईकलमा पछाडि सवार चालक कञ्चनको छोरा बर्ष ३ को आयुष पटेलको टाउको र शरिरको विभिन्न भागमा चोट लागि बुवा छोराको गम्भिर अवस्थामा सरकारी अस्पताल मकवानपुरमा उपचार भई रहेको बारा प्रहरी उपरिक्षक संतोष तमाङले जानकारी गरएका छन्।
सबारी दुर्घटना: जितुपर सिमरा उपमहानगरपालिका- २२ चुरियामाई मन्दिर नजिक हेटौडा पथलैया सडक खण्डको उकालोमा सवारी दर्घटनामा परेको हो।
जनकपुरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ८५३७ नं. को यात्रु बाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुँदा सोहि दिशा तर्फ जादै गरेको ना १२ प ३३६० नं. को मो.सा. र अर्को म.प्र. ०३-०२४ प ४४९५ नं. को मोटर साईकललाई उक्त बसले ठक्कर दिई किच्दा मानिसहरु घाईते भएका हुन्।
बस चालक सर्लाही लालबन्दी नगरपालिका -३ बस्ने पल्टु चौधरीको छोरा बर्ष-४७ को बिश्वनाथ चौधरी ईलाका प्रहरी कार्यालय अमलेखगंजको नियन्त्रणमा रहको र सोही बस पछाडी रहेको म.प्र.०३-००१ ज ०६६२ न. को EV माईक्रो गाडीको अगाडी भागमा समान्य क्षति भएको बारा प्रहरीले जनाएको छ।