महासंघका बाराका उपाध्यक्ष दासको अध्यक्षतामा प्रजिअ अधिकारीलाई ध्यानाकर्षण पत्र बझाईयो।।

दाश पन्न्नालाल दाश पन्न्नालाल 224 Views

संबाहक 

अनलाईन / राष्ट्रिय दैनिक

सरोज दास–

१८ चैत, कलैया —  नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ।

राजवादीको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको प्रति नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार बारा शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ध्यानाकर्षण पत्र बुझाईएको हो।

घटना विवरणः

१. भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको।

२. अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुऱ्याइएको ।

३. कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुऱ्याइएको।

४. हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुऱ्याइएको।

५. पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको।

६. फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको।

उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ। अतः प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुऱ्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासघ जोडदार माग गर्दछ।

साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ।

हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत नेपाल सरकार समक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन वाध्य हुने तर्फ ध्यानाकर्षण गराईन्छ, भन्दै महासंघका उपाध्यक्ष दासको नेतृत्वमा प्रजिअ अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

तोकिएको समय भित्र अबिश्सनियता देखा परे देशव्यापी आन्दोलनमा उत्रने  बाध्यात्मक परिस्थिति भन्दै सात दिनको अलटिमेटम दिईएको हो।

पत्र  बुझदै प्रजिअ अधिकारीले यो घटना प्रति गम्भीर ध्यानाकर्षण भएको र यसलाई सम्बन्धित ठाँउमा अबिलम्ब पठाउने उनले बताए।

उक्त विरोधको कार्यक्रम अन्तर्गत ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले घटना र माहसंघको चरणबद्ध आन्दोलनको सर्कुलर बारे अवगत गराएका थिए।

सो अवसरमा पत्रकार माहसंघ बाराका पुर्व अध्य्यक्ष कमल कुमार उपाध्याय , वर्तमान महिला उपाधयक्ष प्रियंका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय, नेपाल प्रेस युनियनका मधेश प्रदेश अध्य्यक्ष एवम् वरिष्ठ पत्रकार सत्य प्रसाद श्रेष्ठ , वरिष्ठ पत्रकार गोकुल घोरसाईने, भोजराज भट्टराई, प्रेस चौतारी मधेश प्रदेशका महासचिव दिवाकर भण्डारी, चौतारीका जिल्ला अध्य्यक्ष थानेश्व सापकोटा , प्रेस मञ्च जिल्लाका अध्यक्ष निखिल पासवान, महासंघका सहसचिव दुश्यन्त चौधौरी, कार्यसमिति सदस्य जिउत यादव, धिरेन्द्र तिवारी, नारायण पौडेल, नवीन चौधरी,  नरेश गुप्ता, धिरेन्द्र पनुहर, पत्रकार अनिल पाण्डेय, रन्जना खतिवडा लगायतका उल्लेख्य संचारकर्मीको सहभागिता रहेका थिए।

प्रतिक्रिया
Share This Article