गढीमाई मन्दिरको सुरक्षा सेनालाई सुम्पियो

दाश पन्न्नालाल दाश पन्न्नालाल 188 Views

 

संवाहक राष्ट्रिय दैनिक

११ मंसिर , बरियारपुर— लाखौ मानिसको आस्थाका केन्द्र बाराको गढीमाई पंचबर्षिय मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनासम्म लाग्ने मेलामा पंचबर्षिय गढीमाई मेलाका मुल समिती अन्तर्गत बनेको २२ वटा उपसमितिले आफ्नो कार्य तिब्र गतिमा शुरु गरेको मुल समितिको महासचिव नरेश जैसवालले जानकारी दिए का छन्।

यस वर्ष मन्दिरमा  पुजापाठ शान्ति सुरक्षाको ब्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको महासचिव जैसवालले बताए ।

प्रत्येक  पांच बर्षमा लाग्ने यो शक्तिपिठ मेलामा खानेपानी , आवास , निशुल्क भोजनालय , शौचालय , सवारीसाधन पार्किङ लगायत भक्तजनलाई मन्दिर सम्म सहज रुपमा पुजापाठको ब्यवस्थापनको लागि मुल समिति ,उपसमिति लागि परेका उनले बताए।

शक्तिपिठ गढीमाई मेलामा शान्ति सुरक्षाको लागि मेलाको हरेक क्षेत्रमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी , नेपाली सेना परिचालन गरिने महासचिव जैसवालले जानकारी गराए ।

मेलामा  मनोरञ्जनको साधन प्रयाप्त मात्रामा सर्कस ,मौत कुवा , झुला , ब्रेक डान्स , जल परि लगायतको मनोरञ्जनका साधन अन्तिम तयारी अवस्थामा रहेकोले मंसिर १५ गतेदेखि सम्पुर्ण मनोरञ्जनका साधन संचालन हुने भएको छ ।

त्रमेलालाई सभ्य र भब्य बनाउन नेपाल लगायत छिमेकी राष्ट्र भारतका भक्तजनलाई माताको बिशेष पुजामा सहभागी हुन मेला मुल समितिको अध्यक्ष उपेन्द्र यादवले आग्रह गरेका छन्।

 

प्रतिक्रिया
Share This Article