नेकपा एस बाराको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

दाश पन्न्नालाल दाश पन्न्नालाल 290 Views

२२ असोज , कलैया। नेकपा एस  ( एकीकृत समाजवादी)जिल्ला कमिटी बाराले आज कलैयाको करणराज पार्टी पैलेशमा चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रमसँगै जिल्ला कमिटीको दशाैं बैठक सम्पन्न गरेको छ।

पोलिट व्युरो सदस्य दिनेश राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हिन्दुहरुको पर्व दशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना सटासाट गरेका हुन्।

साथै बैठकमा पार्टीको अगामी कार्यदिशा तथा रणनिति बारे बृहत् छलफल भएको हो। पार्टिलाई अझ बजबुत तथा संगाठनिक ढंगले विस्तार गर्दै लैजानेमा सुझाव सहित सम्पुर्ण कार्यकर्तालाई शसक्त भएर लाग्न आग्रह गरेका छन्।

बैठकले अपानि १, २ र ३ लाई कार्यान्वयन गर्ने , मधेस प्रदेश कमिटी अधिवेशन पुस ६ र ७ गते जनकपुरधाम महेन्द्र नारायण निधि प्रतिष्ठानमा गर्ने तथा वृहत् कार्यकर्ता भेला तथा सन्देश सभा कार्यक्रम गर्ने निर्णय गरेको युवासंघका जिल्ला उपाध्यक्ष हरिओम गुप्ताले जानकारी गराएका छन्।

चियापान तथा शुभकामना कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पार्टीका केन्द्रीय सदस्य हिमालचन्द्र खनाल, अतिथि मालती कुशवाहा, पार्टीका निवर्तमान केन्द्रीय सदस्य .श्रीप्रसाद पासवान, बतहु यादव ,सुरेन्द्र यादव, उसमान अंसारी लगायतकाले सुझाव तथा शुभकामना व्यक्त गरेका छन्।

त्यस्तै कार्यक्र्रममा विद्यार्थी नेता इमरान आलम, युवा नेता जयकिसुन यादव, वडाअध्यक्ष रामदिनेश यादव, मनोज जयसवाल लगायतका सहभागिता रहेको अरुण खनालले बताएका छन्।

चियापान तथा शुभकामना कार्यक्रम पार्टी जिल्ला अध्यक्ष विजेन्द्र प्रसाद चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको छ भन्ने स्वागत मन्तव्य सरस्वती मैनाली तथा संचालन बिक्रम ठाकुरले गरेका हुन् ।

प्रतिक्रिया
Share This Article