मिदास हेल्थ क्लिनिकद्धारा नि: शुल्क स्वास्थ्य शिविर

१६ असोज कलैया ।  जितपुरसिमरा नगरपालिका -१८  बडहर्वामा संचालित मिदास हेल्थ क्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर अस्पताल परिवारद्धारा आज कलैया उपमहानगरपालिका-२ अमर मा.वि. दोहरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाको २२ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नि: शुल्क स्वास्थ्य शिविरको आयोजन गरिएको मिदास हेल्थ क्लिनिकका संचाल डा. प्रतीक कुमार दासले बताएका छन्।

बिरामीको चाप बढेको छ। गरिब बिपन्न परिवारले स्वास्थ्य सेवा लिन नसकिरहेको अवस्थामा आफ्ना स्वास्थ्य प्रति सचेत र रोगको चेक जाँच पछि स्वास्थ्य् उपचार सेवा त्यस भेगका मानिसलाई नि: शुुल्क रुपमा शिविर मार्फत सेवा प्रदान गरिएको हो।

सो शिविरबाट सुुगर , थायोईराईड, आँखा परिक्षण, हातखुट्टा झमझमाउने ज्वरो, पेट दुखाई , जस्ता अन्य विभिन्न रोगको परिक्षण तथा औषधी उपचार सेवा दिईएको डा. दासले बताएका छन्।

सो  स्वास्थ्य शिविरबाट मिदास हेल्थ का प्रमुख डा. प्रतीक कुमार दास, डा. सरोज कुशवाहा, डा. सुरेश यादव र डा. विकास लामा सहितको दक्ष चिकित्सक स्वस्थ्यकर्मी सहितको टोलिले ग्रामिण भेग का जो स्वास्थ्य क्षेत्रमा पछाडी परेका असहाय बृद्ध महिला गरि ३ सय भन्दा बढी मानिसलाई स्वास्थ्य लाभ प्रदान गरिएको आयोजकले जनाएको हो।

बडहर्वामा संचालित हेल्थ क्लिनिकमा विभिन्न रोगको परिक्षण र रोगीको स्वास्थ्य उपचार सहित डायग्नोष्टिक सेन्टरबाट रगत परिक्षण  लगायत चेकजाँच गरि स्वास्थ्य उपचारको सेवा प्रदान गरिरहेको नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताएका छन्।

स्वास्थ्य शिविर कार्यक्रमको अवसर नेपाल प्रेस युनियन मधेस प्रदेसका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, , सल्लाहकार सिकेन्द्र पासवान, सदस्य संजिव मिश्रा र पत्रकार महासंघ बारा कार्य समिति सदस्य पन्नालाल दास र पुर्व उपाध्यक्ष राकेश पाण्डे लगायतका उपस्थिति थिए।

क्लिनिक संचालन भएदेखि यस ग्रामिण ठाँउमा स्वास्थ्य सेवाको लागि बाहिर जाने बाध्यता हदसम्म हटेको स्थानियको भनाई छ। प्राथमिक उपचार देखि जटिल रोगको उपचार समेत हुँदै आएको डा. दासले बताएका छन।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *