३ कलैया , असोज। बारा प्रहरीले कलैयाबाट हिजो पाँच जना फरार प्रतिबवादीलाई पक्राउ गरेको छ। पक्राउका विभिन्न अपराधमा जिल्ला अदालबाट कसुरवार ठहरी फरार रहेका थिए।
पक्राउ पर्नेमा कलैया उप महानगरपालिका-१ का वर्ष ६७ को मन्जु रहमानलाई जालसाजी मुद्दामा २ सय जरिवाना रहेको छ।
यसैगरि ५७ वर्षिया मासुमा भन्ने मनोरमालाई जालसाजी मद्दामै रु दुई सय जरिवाना तिर्न बाँकि रहेको छ भन्ने वर्ष ७७ को सुकुट माझी मुसहरमाथि सार्वजानिक मुद्दामा पाँच जरिवाना तिर्नु पर्नेछ।
त्यस्तै, कलैया उप महानगरपालिका – ११ घोघलरीयाका ७३ वर्षिया शिवरानी भन्ने शिउतरनिया थरूनी जालसाजी मुद्दामा रु १० जरिवाना र वाडा नं ७ बैरिया बस्ने अ.वर्ष ५३ को सरद कुमार उपाध्यायलाई जालसाजी मद्दामै १ सय जरिवाना असुल उपर गर्न बाँकी रहेको छ।
प्रहरी कारवाहीको सिलसिलामा अस्थाई प्रहरी पोष्ट बसपार्कले बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी अदालतमा दाखिला गरिएको प्रहरी पवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।


Leave a Reply