सरकारको निर्णयलाई तिलाञ्जली दिदै सार्वजनिक विदाका दिन ओपिडि सेवा संचालन नगर्ने चिकित्सक संघको निर्णय

१८ भदौ, काठमाडौं । ओपिडि संचालन गर्न सरकारको निर्णयलाई चुनौति दिदै विदाका दिन संचालन गर्न नसकिने सरकारी अस्पतालका चिकित्सक संघ निर्णय सहितको विज्ञप्ति जारी गरेको छ।
सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।

सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा. तिवारीले बताए ।

स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ।

‘स्वास्थ्यकर्मीलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर जाने हुँदा गुणस्तरीय सेवामा असर पर्छ’, विज्ञप्तिमा उल्लेख छ।

कामको अत्यधिक बोझ र अरु तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्ध विच्छेदका घटनासमेत भएको संघले जनाएको छ।

७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सारबजनिक विदाका ओपिडि सहितका सम्पुर्ण सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य संस्थालाई एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवा संचालनको लागि परपत्र गरि निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलवार पुन: विज्ञप्ति जारी गरि पर्व विदाका दिन ओपिडि सेवा संचालन गर्न कडाईका साथ निर्देशन दिएको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *