Category: शिक्षा

  • २६औं दिन देखि शान्तिपुर्ण आन्दोलनरत शिक्षकमाथि प्रहरीद्धारा पानीको फोहरा र लाठी प्रहार, बाराका शिक्षक सँगै सयौं घाईते

    २६औं दिन देखि शान्तिपुर्ण आन्दोलनरत शिक्षकमाथि प्रहरीद्धारा पानीको फोहरा र लाठी प्रहार, बाराका शिक्षक सँगै सयौं घाईते

    संवाहक
    अनलाईन / राष्ट्रिय दैनिक

    काठमान्डौ, १४ वैशाख  —- २६ औं दिन देखि आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोोहरा र लाठी चाार्ज गरेको छ। लाठी चार्ज र पानीको फोहराले सयौं शिक्षक घाईते भएका छन्।

    शान्तिपुर्ण आन्दोलनलाई घुुसपैठ गरि शिक्षक र प्रहरी बिच झडपको अवस्था सृजित घटना बनाएको बारा शिक्षक संघका अध्यक्ष राजकिशोर सहनीको भनाई रहेको छ।

    उनले प्रहरीको दमनबाट पानीको फोहरा र लाठीबाट बाराका दर्जनौ शिक्षक घाईते भएका छन्। घाइते हुनेमा संघका अध्यक्ष राजकिशोर सहनी, उपाध्यक्ष सुबासचन्द्र यादव, शिक्षक संजय दास, संजय यादव, बाबुराम यादव, पवन कुमार सिंह लगायतका दर्जनौ शिक्षकको आँखा र टाउकोमा चोट लागेेको छ। विभिन्न अस्पतालमा उपचारर्त अवस्था रहेका छन्।  अहिले उनीहरुको अवस्था गम्भिरमुक्त रहेको शिक्षक आन्दोलन परिचालन समिति बाराका संयोजक सहनीले जानकारी गराएका छन्।

    विगतमा सरकाारसँग पटक पटक भएको सम्झौता बमोजिम नयाँ शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको काठमान्डौ केन्द्रित शन्तिपुर्ण आन्दोलनमा आज प्रहरीले शिक्षकमाथि पानीको फोहरा सहित लाठी चाार्ज गरेको छ।

    आन्दोलन तुहाउन सरकारले प्रहरी परिचालन गरि देशभरिका लाखौ शिक्षक कर्मचारीलाई बाध्य बनाएर स्कूल फर्काउन सरकार कडा प्रस्तुत भएको छ।

    अघिका २५ दिनजस्तै आज पनि बिहानै ११ बजे माइतीघर मण्डलामा भेला भए । सधैंजस्तो विद्यालय शिक्षा ऐनको माग राख्दै उनीहरू बबरमहलको सडक हुँदै नयाा बानेश्वरतर्फ लागे ।

    शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, बानेश्वर निषेधित क्षेत्रभन्दा धेरै अगाडि शिक्षक नेताहरूले भाषण गर्ने मञ्च थियो ।

    प्रहरी तैनाथ भएको ठाउँसम्म शिक्षकहरू पुग्ने र फर्किने क्रम चलिरहेको थियो ।

    ‘भीडलाई संयम बनाउन स्वयंसेवकको टोली परिचालन गरेका छौं । भीडलाई निषेधित क्षेत्रमा जान नदिन स्वयंसेवक प्रहरी भएतर्फ जाँदै थिए । त्यहीबेला स्वयंसेवकमाथि प्रहरीले प्रहार गर्‍यो,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘हाम्रो स्वंसेवक पदम पटेलालाई प्रहरीबाट कुटपिट भयो ।’

    उनको आँखामा गहिरो चोट लागेको उनले बताइन् । त्यहीबेला प्रहरीमाथि पनि ढुंगा प्रहार भयो । महासंघले त्यो ढुंगा प्रहार शिक्षकबाट नभएको  महासंघकी अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दाबी गरेकि छन् ।

    आन्दोलन चैत्र २० गते देखि काठमान्डौको माईतिघर मण्डलामा निरन्तर चलिरहेको छ। हिजो सरकार पक्षबाट शिक्षा मन्त्रीको आह्वानमा मन्त्रालयमा सम्झौता कार्यन्वयनको लागि बार्ता चल्यो तर वारता चलिरहने सहमति मै टुङ्गियो ।सरकारले शिक्षकको माग पूरा गर्न उदासिन देखिन्छ। आन्दोलन कै कारण कक्षा १२ को ११ गते देखि हुने परिक्षा २१ गतेको लागि सारिएको छ।

    यसपाली सरकारसँग सम्झौता पूरा गरेर विद्यालय फर्किने संकल्पका साथ एकबद्ध भई विरोध धर्नामा बसिरहेका छन्। पछिल्लो उधारो सम्झौताको आश्वा्वासनमा रितो हात घर फर्किने क्षणक देखिएको छैन्।

    यसरी शिक्षक आन्दोलन सँगै चिकित्सक स्वस्थ्यकर्मीको आन्दोलन पनि महिना देखि चलिरहेको छ।  यस्तै निजामति कर्माचरी युनियनले समेत आन्दोलनको चेेतावनी दिईसकेको छ।  शिक्षकहरुमाथि प्रहरी दमनको विरोध र भर्त्सना विभिन्न राजनितिक दल र संघ संगठन गरेका छन्।

     

  • मेयर यादव सहित ४ महिला गरि ५२ जनाद्धारा रक्तदान, रक्तदानले ज्यान जोगाउन महत्वपुर्ण भुमिका छ- मेयर यादव

    मेयर यादव सहित ४ महिला गरि ५२ जनाद्धारा रक्तदान, रक्तदानले ज्यान जोगाउन महत्वपुर्ण भुमिका छ- मेयर यादव

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

     २५ पुष, महागढीमाई बरियारपुर—- महागढीमाई नगरपालिकाका  नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रगतको अभावमा अकालमै हुने मृत्युबाट ज्यानलाई जोगाउन रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताएका छन्।

    जनजागरण युवा क्लब बाराले आफनो २७ औ वार्षिकोत्सवको अवसरमा  महागढीमाई नगरपालिका र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनमा बुधबार गढीमाई मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रमको उदगाटन गर्दै यस्तो बताएका हुन्।

    रक्तदान जीवन दान मुल नाराका साथ मानव कल्याण हेतु सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्ति, शैल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई रगतको अभावले गर्दा अकाल्मै ज्यान गुमाउनु परेको बाध्यताबाट जोगाउन मेयर यादवले रक्तदान गरी जिवनदान गर्नुपर्ने बताएका हुन्।

    मानव कल्याण कार्यमा जेजेवाईसीसंगको सहकार्यमा महागढीमाई नगरपालिका कांधमा कांध मिलाएर अगाडी बढने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।


    जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनचेतना फैलाउन उद्देश्यले रक्तदान कार्यक्रम शहरी क्षेत्रमा नगरी ग्रामिण भेगमा आयोजना गरिएको बताएका छन्।

    अहिले पनि ग्रामिण भेगका मानिसहरुले रक्तदानले गर्दा कमजोरी हुने, विभिन्न किसिमका रोगहरु हुने अबुझ मानसिकतामा रहेकाले ति भ्रमहरुलाई चिर्न ग्रामिण भेगमा रक्तदानको आयोजना गरिएको उनले भने ।
    सो अवसरमा जीवन दानको लागि मेयर यादव सहित  ४ महिला गरि ५२ जनाले  रक्तदान गरेका हुन्।

    आयोजित रक्तदान कार्यक्रममा गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेश प्रसाद यादव, पवन सहनी, शशिकान्त कुशवाहा
    , नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलिप कुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह, राजेश यादव लगायतकाले रक्तदान गरेका थिए ।

    रक्तदान कार्यक्रममा जेजेवाईसी बाराका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा र सहजीकरण लक्ष्मी खरेलले गरेको थिईन भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगन्जको रहेको बताईएको छ।

  • करैयामाईले गरेका शिक्षक सरुवा कार्यन्वयन नगर्न उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजको अन्तरिम आदेश

    करैयामाईले गरेका शिक्षक सरुवा कार्यन्वयन नगर्न उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजको अन्तरिम आदेश

    २७ भदौ, कलैया। स्थानिय तहले संघिय शिक्षा ऐनको नियम विपरित गरेको शिक्षक सरुवालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजले आज बदर गरिदिएको छ।

    करैयामाई गाँउपालिकाले एक राहत शिक्षक र दुई स्थायि गरि तीन जना शिक्षकलाई पालिकाले संघिय शिक्षा ऐनलाई चुनौति दिई स्थानिय सरकार संचालन ऐन २०७४ र गाँउपालिका स्तरीय शिक्षा ऐन बमोजिम सरुवा गरेका थिए।

    , करैयामाई गाउँ शिक्षा समितिको मिति २०८१।५।१२ को निर्णय अनुसार निवेदकहरुलाई कार्यरत विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको विरुद्धमा उच्चबअदालत जनकपुर, अस्थाई इजलास विरगंजमा सरुवा बदरको लागि उत्प्रेषण परमादेश मुद्दा शिक्षकले दायर गरेका थिए।

    प्रावि राहत शिक्षक कृपानारायण प्रसाद यादव , प्राशि स्थायि तृतिय शिक्षक द्वय महेन्द्र राम र रामबाबु प्रसाद यादवले सरुवा रोक्काको लागि गाँउपालिका समेतलाई विपक्षि बनाई ०८० भदौ १९ मा मुद्दा नं ०८०- WO-०१९१ दर्ता गराएका थिए ।

    रिट निवेदक त्रय शिक्षकले आफू कार्यरत रहेको विद्यालयबाट राजनैतिक पूर्वाग्रही भई प्रतिशोध स्वरुप पालिका भित्र कै विद्यालयमा अपायक पर्ने गरी सरुवा गरेकोमा शिक्षक विरुद्धमा भए गरेका सम्पूर्ण निर्णयहरु रिट निवेदनको अन्तिम किनारा नलागेसम्म अध्यापन गराउदै आएको विद्यालयमा अध्यापन गर्न दिन, काम काज गर्न र तलब भत्ता समेतको अधिकारबाट बञ्चित नगर्नु गराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश माग गरेका थिए।

    नेपालको संविधान २०७२ को अनुसूचि-८ अन्तरगत स्थानीय सरकारको अधिकार सूचीको बुँदा नं. ८ मा आधारभूत तथा माध्यमिक शिक्षा रहेको छ।

    साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तरगत दफा ११को उपदफा २ (ज) मा आधारभूत र माध्यमिक शिक्षा नामक शिर्षकमा उल्लेखित २३ बुँदाहरू मध्येको कुनै पनि बुँदामा सरुवा सम्बन्धी व्यवस्था रहेको छैन्।

    शिक्षा ऐन, २०२८ (संशोधन सहित) को १६ (ज), शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९९ र सरुवा सम्बन्धी निर्देशिका २०८१ विपरीत भएकोमा बदर गरी उक्त ऐन, नियमावली र निर्देशिकामा व्यवस्था भए अनुसारको कार्य हुने संघिय शिक्षा ऐन कार्यन्वयनमा रहेको अवस्था छ। यी आधार सहित मुद्दा दर्ता गराएका हुन्।

    आज सो मुद्दाको पेशीमा सुनवाई बहस हुँदा अदलतको संयुक्त इजलासले शिक्षकको हकमा माग बमोजिम अन्तरिम आदेश जारि गरेका हुन्।

    आदेशमा शिक्षक महेन्द्र राम हाल प्रधानाध्यापक भईरहेको शिक्षकलाई शिक्षकको रुपमा मात्र सरुवा गरेको भन्ने समेत देखिदा सुविधाको सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्मका लागि विपक्षी करैयामाई गाउँ शिक्षा समितिको मिति २०८१।५।१२ को निर्णय कार्यान्वयन नगर्नु नगराउनु निवेदकहरुलाई यथावत रुपमा काम गर्न दिनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ।

    अन्तरिम आदेश छलफलका लागि पेस हुन आएको प्रस्तुत निवेदनसहित मिसिल संलग्न कागजातहरुको अध्ययन गरी निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई र अधिवक्ता विनय सिंह तथा विपक्षी करैयामाई गाउँपालिकाको कार्यालय, बारा समेतको तर्फबाट अधिवक्ता ओम प्रकाश केशरीले बहस गरेका थिए।

    संयुक्त इजलास नं १ का न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश नेत्रप्रकाश आचार्यले मुद्दा नं ०८१-८०-०१९१ रिट निवेदन उत्प्रेषण परमादेशमा अन्तरिम आदेश जारि गरेका छन्।

    पालिकाले राजनितिक पुर्वाग्रहि भएर आफु खुशि
    श्री ने. रा आधारभुत विद्यालय बजनीमा कार्यरत राहत शिक्षक कृपानारायण प्रसाद यादवलाई ठुलो लौतन आधारभुत विद्यालयमा सरुवा गरेका थिए।

    भन्ने श्री ने रा आधारभुत विद्यालय तेतरियाका स्थायी शिक्षक प्रअको रुपमा कार्यरत महेन्द्र रामलाई सानो लौतन आधारभुत विद्यालयमा सरुवा गरेका थिए।

    त्यस्तै, रामबाबु प्रसाद यादव स्थायी शिक्षक श्री ने रा आधारभुत विदयालय हरेैयाबाट आधारभुत विद्यालय तेतरियामा सरुवा गरेका थिए।

    त्रय शिक्षकले गाँउपालिका कार्यालय र गाँउशिक्षा समिति सहित शिक्षा विकास तथा समन्वय इकाई कलेैया, बारालाई समेत विपक्षी बनाएका थिए।

    सो सम्बन्धमा नेपालको संविधान २०७२ को अनुसूचि-८ अन्तरगत स्थानीय सरकारको अधिकार सूचीको बुँदा नं. ८ मा आधारभूत तथा माध्यमिक शिक्षा रहेको छ। साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तरगत दफा ११को उपदफा २ (ज) मा आधारभूत र माध्यमिक शिक्षा नामक शिर्षकमा उल्लेखित २३ बुँदाहरू मध्येको कुनै पनि बुँदामा सरुवा सम्बन्धी व्यवस्था नभएकोले सम्बन्धित स्थानीय तहले गर्न मिल्दैन।

    साथै शिक्षा ऐन, २०२८ (संशोधन सहित) को १६ (ज), शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९९ र सरुवा सम्बन्धी निर्देशिका २०८१ विपरीत भएकोमा बदर गरी उक्त ऐन, नियमावली र निर्देशिकामा व्यवस्था भए अनुसारको कार्य बमोजिम हुने शिक्षा विकास तथा समन्वय इकाई, बाराले जवाफमा स्पष्ट पारेको छ।

    यसरी पालिकाले गरिरहेको शिक्षक सरुवालाई अदालतले नियमको वर्खिलाप भनेर अंकुश लगाएको छ।

    राहत अनुदान कोटाका शिक्षकलाई सरुवा गर्न कुनै ऐनले दिएको छैन्। पुर्वाग्रही भएर दु:ख दिने नियतले मात्रै शिक्षकलाई चलाउने प गरिरहेका विरुद्ध हाम्रा संगठन चुुप लागेर बस्दैन्, सरुवाको नाममा जथाभावी गर्न नपाईने राहत शिक्षक संघर्ष समितिका केन्द्रिय सह अध्यक्ष विनोद पासवानले बताए। राहत मात्रै हैन स्थायी अस्थायी शिक्षकलाई कुनै बहानामा सरुवा गर्न नमिल्ने ततथ्य पुष्टि भएको छ।

    सरुवा बिरुद्ध अदालतको यो आदेशले सबै स्थानिय तहको भ्रमलाई छर्लङ पारिएको छ। हामी खुशुि छ, उनले भने।

    यसैगरि कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष आनन्द तिवारीले नियतबश दिईने दु:खलाई अदालतको आजको आदेशले गतिलो पाठ सिकाएको छ पालिकालाई।अब यस्तो पुन: अन्य कतै नदोहरिने उनको विश्वास छ।