Category: विभेद

  • बोक्सी भन्दै कपाल काटि, कुटपिट अमानविय दुर्व्यवहार गरेको आरोपमा बारा प्रहरीद्धारा लालदेव पक्राउ, ३ जनाको खोजी तिब्र

    बोक्सी भन्दै कपाल काटि, कुटपिट अमानविय दुर्व्यवहार गरेको आरोपमा बारा प्रहरीद्धारा लालदेव पक्राउ, ३ जनाको खोजी तिब्र

    १५ असोज, बारा—

     आजको एकाईसौ शताब्दीको आधुनिक युगमा तन्त्रमन्त्र जादु टोना जस्ता अन्धविश्वासमा बोक्सा बोक्सीको आरोपमा प्रताडित गरिनु सामाजिक अपराध हो। कानुनमा कडा सजायको व्यवस्था भए्पनि प्रहरी प्रशासनले एक्सन नलिदा यस्ता घटना समाजमा हुदै आएको हो।

    मान्छे चन्द्रामा पुग्यो हाम्रा समाज पाखण्डी धामी ओझा ( भगता) को झारफुक टोटकाको घनचक्करमा अपराधमा संलग्न हुदै आएको हो।  बोक्सी एक कुप्रथा हो जसरी सति कुप्रथा थिए।

    तर अब सामाजिक न्यायको पालनामा प्रहरी कठोर बनेको छ। कमजोर अबला गरिब निमुखा माथि अन्याय गरि विभिन्न लाञ्छना लगाउनु दणडनिय हो।  यस्तै एउटा घटनामा प्रहरीले सख्त कदम चालेको छ।

    बाराको सुवर्ण गाँउपालिका – ८ मझरीया गाउँकी ३३ वर्षीया सुरुजकली देवी लाई गाँउकै केहि व्याक्तिहरुले कानुनको धज्जी उडाउदै बोक्सीको आरोप लगाएर असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटि  कुटपिट गरि अमानविय दुर्व्यवहार समेत गरेको घटना प्रकाशमा आएको हो ।

    सो घटनामा संलग्न ४ मध्ये एक लालदेव पंडितलाई बारा परहरीले जाेरीको आधाारमा पक्राउ गरेको छ । उबलाई म्याद थप गरिएको प्रहरी निरिक्षक दिलिप थापाले जानकारी गराए।

    आफू माथी अन्याय भएको भन्दै पिडितले जिल्ला प्रहरी कार्यालय कलैया बारामा किटानी जाहेरी दिएका हुन ।       

     उनले दिएको जाहेरी अनुसार गाँउकै बाबुसाहेब यादव, लालदेव पंडित, बिक्रम पंडित, सुरेश यादवसहितकाले बोक्सीको लञ्छना लगाएर कुटपिट गर्दै अर्धनग्न बनाइ कपालसमेत काटि दिएको उल्लेख गरिएको छ।

    बिक्रम पंडित र लादेव पंडितले पिडित सुरुजकली देवीको निजी जग्गामा जबरजस्ति बाटो बनाएपछि त्यसविरुद्ध गाँउको प्रहरी चौकीमा उजुरी दिन गत असोज ११ गते जाने क्रममा बाटोमै उनलाई रोकेर बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गर्नुका साथै अर्धनग्न बनाएर कपालपनि काटिदिएको उजुरीमा उल्लेख छ ।

    पिडित सुरुजकली देवीले घटना भएकै दिन कलैया अस्पतालमा आफ्नो घाउचोटको उपचार गराएपछि त्यहि दिन पिडकहरु ३५ वर्षीय बाबुसाहेब यादव, ५० वर्षीय लालदेव पंडित, ५५ वर्षीय बिक्रम पंडित र ४५ वर्षीय सुरेश यादवविरुद्ध कारबाहीको माग गर्दै किटानी जाहेरी दिइएको हो ।

    पिडित महिलाका पति भुषण कुमार पंडितले रोजगारीको शीलशीलामा आँफु काठमाडौं रहेका बेला गाँउमा आफ्नी पत्निमाथि अमानवीय व्यवहार गरिएको बताए , उनले भने, म काठमाडौंमा थिए। 

    घटनाको दिन छोरीले रुदैं फोन गरेर आमासंग् त्यस्तो दुव्र्यवहार गरिएको सुनाइन् आफू आएर जिल्ला प्रहरी कार्यालय बारामा बुझ्दा निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिलिप थापाले भने आरोपित मध्येका ५३ वर्षीय लालदेव पंडितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए ।                                 

    अरु तीन जना आरोपित फरार रहेको र उनिहरुको पनि खोजी कार्य भइरहेको थापाले बताए । जाहेरीमा नाम उल्लेख भएका चारै जना आरोपित विरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार र बोक्सी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरेर प्रहरीले कारबाही प्रकृया अगाडि बढाइसकेको उनले जानकारी दिए ।

  • दलितमाथि जातिय विभेदमा बाबा बजरंगीलाई पक्राउ गर्न ज्ञापन ,महायज्ञको नाममा डोमको घर भत्काएकोमा सिडियो तानियो, मेयर सहित वडाअध्यक्ष पक्राउ

    दलितमाथि जातिय विभेदमा बाबा बजरंगीलाई पक्राउ गर्न ज्ञापन ,महायज्ञको नाममा डोमको घर भत्काएकोमा सिडियो तानियो, मेयर सहित वडाअध्यक्ष पक्राउ

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    ११ चैत, कलैया —  नेपाल दलित संघर्ष समिति बाराले जिल्ला प्रशासन कार्यालय बारा कलैयामा दलितमाथि गरिएको विभेद जस्ता जातिय जघन्य सामाजिक अपराधलाई रोक्न र दोषी उपर कार्यवाहीको माग गर्देै ज्ञापन पत्र बुझाएको छ।

    दलित संघर्ष समिति बाराका अध्यक्ष शिवदयाल पासवानको अगुवाईमा पुर्व मन्त्री कलावती पासवान, दलित अगुवा महेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान दलित अगुवा भदै राम , दिनेश पासवान लगायतकाले  प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौलाई सर्लाही र सिराहामा दलितमाथि गरिएको छुवाछुत र अमानवीय व्यवहारको लागि दोषीलाई कानुनी भागिदार बनाउन उक्त ज्ञापन पत्र बुझाएको हो।

    सर्लाही जिल्लाको बसवरिया गाउपालिका वडा नं.५ (मानपुर) का २५ वर्षीय राजिव पासवानलाई मिति २०८१ साल चैत्र १ गतेका दिन हत्यामा संलग्न भएको आरोपमा १ जना प्रहरीको नियन्त्रणमा रहेतापनि हत्यामा संलग्न अपराधी विरुध कानुन वमोजिम पिडितलाई सुरक्षा सहित न्याय र दोषीलाई कडा भन्दा कडा कार्यवाहीको जोडदार मांग गरिएको छ।

    त्यसैगरि, सिरहा जिल्लाको औरही गाँउपालिका – ५ मा धार्मिक महायज्ञ गर्न दलित दिपक मलिक डोमको घरमाथि डोजर लगाई घर भत्काएकोले घटनामा संलग्न रही फरार रहेका वावा बजरंगी लाई अविलम्व पक्राउ गरी कानुन बमोजिम हदै सम्मको कार्यवाही गरी विस्थापित डोम परिवारलाई सोही स्थानमा पुन:र्स्थापना गरी उचित क्षतिपूर्ति समेतको नेपाल सरकारले व्यवस्था गर्न माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ।

    नेपालको संविधान जारी भएसंगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको अवस्था छ। नयाँ युगको प्रारम्भसंगै नेपाल छुवाछुत मुक्त राष्ट्र २०६३ साल जेष्ठ २१ गतेका दिन घोषणा भइसकेको छ।

    मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८ ले मानव अधिकारको सम्बर्द्धन तथा संरक्षण गर्नका साथै कुनै पनि प्रकारको भेदभाव गर्न नपाईने र नेपालको संविधानको धारा २४ ले छुवाछुत र भेदभाव विरुद्धको हकलाई मौलिक हक र जातिय छुवाछुत र भेदभाव कसुर र सजाय ऐन २०६८ व्यवस्था गरेता पनि नेपालका विभिन्न भागमा दलित समुदाय माथी श्रृंखलावद्ध रुपमा भईरहेको अपराधिक निम्न घट्‌नाहरुप्रति नेपाल दलित संघर्ष समिति बाराको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

    महायज्ञको नाममा जातिय विभेद गरी दिपक मलि डोमको घर भत्काएकोमा औरही गाँउपालिकाका अध्यक्ष शिवजी यादव र पुर्व वडा अध्यक्ष दिलिप यादवलाई कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरि थुनामा राखी आवश्यक प्रकृया अगाडी बढाईएको छ।

    यस अघि सोही घटनामा दोषीलाई बचाउन र मुद्दा मिलाउन दबाब  दिदै कानुनको परिपालनामा आनाकानी गरेकोले गृह मन्त्रालयले तत्कालिन सिडियोलाई पनि तानी सकेको छ।  भन्ने विभेदका मुख्य नाईके बाबा बजरंगी अझै फरार रहेका छन्।

    जातिय विभेद छुवाछुत कसुर गरेको पाईएमा कसुर अनुसार ३ महिना देखि २ वर्ष कैद सजाय र ५० हजार देखि ५ लाख सम्मको जरिवानाको कानुनी व्यवस्था छ।

    दिपक डोम भन्छ  ” छठी ब्रतमा दौरा सुपा हामी बनाएको चल्छ, त्यो शुुद्ध हुन्छ। हामी अशुुद्ध कसरी ? ” जवाफ माग्दै यतिमात्रै कहाँ हो र ! हरेक धार्मिक कार्यमा दौरा नाङ्लो साना बाँसको रंगिचङ्गी डाला र शुभ विवाहमा डाला मौर समेत शुभ र शुुद्ध हुने तर बनाउने हामी अछुत भए। त्यसो भए हावा रोकि देउ, सूर्यलाई छेेकि देऊ, मानव जीवन एक अर्काले फेरेको श्वास लिईरहेको छ , जीवन चक्र चलिरहेको त्यो चाहि मिलने ? अनि जाति अछुत कस्तो विडम्बना सरकारले न्याय देओस उनले भने।

     

     

  • दलितलाई खै ?’ दलित समुदायको काठमान्डौमा प्रदर्शन

    दलितलाई खै ?’ दलित समुदायको काठमान्डौमा प्रदर्शन

    ३ असोज,काठमाडौँ । संविधान दिवसमा दलितहरु काठमान्डौ लगायत देशभर अधिकारको लगि दलितलाई खै? नारा सहित विरोध प्रदर्शन गरेका छन्।

    संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले तिनको कार्यान्वयन नगरेको भन्दै ‘दलितका लागि दलित अभियान, नेपाल’ ले बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा अभियानले प्रदर्शन गरेको हो । प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत आएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

    पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले  विभिन्न प्ले-कार्डसहित र्‍याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गरे, सरकारलाई प्रश्न गरे ।

    दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए ।

    राज्यले सदियो देखि उपेक्षित र वञ्चित रहेका दलित समुदायलाई वेबास्ता गर्दै आएको छ।

  • न्यायको गुहार , अंशको लागि गिरि दम्तिको आमरण अंशन,

    न्यायको गुहार , अंशको लागि गिरि दम्तिको आमरण अंशन,

    १३ भााद्र, बारा। न्यायको गुहार लगाउदै पैतृृक सम्पतिबाट वञ्चित गरि अंशहक हडपेको भन्दै गत भाद्र ११ गते देखि गिरि दम्तपति अंशको लागि आमरण अंशनमा बसेका छन्।

    बाराको जितपुर सिमरा उपमहानगरपालिका -७ जितपुरका स्वर्गीय फकिरा गिरिको छोरा बुहारी बिनोद गिरि र मालति गिरि अंशकै लागि उनकै घर अगाडी  पाल टाँगेर आमरण अंशनमा बसेका हुन्।


    २०४७ सालमा फरक समुदायसँग प्रेम विवाह गरेपछि लफडा भई घरपरिवारले नस्विकारे पछिको परिणामले ३४ वर्षपछि झन बल्झेको छ।

    विनोद गिरिको भनाई अनुसार बुवाको सम्पतिबाट समान हक पाउनुुको सट्टा लव मैरेज गरेको निहुँमा आफुुलाई घरपरिवाट अनेकौ यातना पीडा दिई अचेत बनाई जालझेलगरि अर्बौको सम्पतिबाट शुरुमा १४ कट्ठामा अंश भर्पाई गराई त्यो जग्गा पनि सोही दिन भाई राजुराज गिरिले बेचेेको आरोप लगाए।

    दम्पति परिवार छुट्टै बस्दै भौतारिदै घर व्यवहार चलाउन अनेकौ दु:ख कष्ट सहेर दुईटा छोरी र एक छोराको लालनपलान गरे त्यत्रो सम्पति भएपनि प्रेम विवाहकै कारण अहिलेसम्म विच्चलीमा परेका छौ,  न्याय दिलाउन संचारकर्मी  मानवअधिकारकर्मी प्रहरी प्रशासन न्यायप्रेमी नागरिक समाजसँग गुहार माग्देै आमरण अंशनमा बसेकी मालति गिरिले वेदना पोखिन।

    छोरा बुहारीले छोरा पायो भनेर सासू आमाले घरमा भित्र्याए पनि मेरो पतिको भाई स्वर्गीय फकिरा गिरा गिरिको छोरा राजुराज गिरले प्रेम विवाहको निहुँमा हामी दम्पतिलाई विभिन्न यातना पीडा दिदै घर निकाला गर्न बाध्य बनाए।अनि बदनामी र  वितण्डालाई  सामसुम पार्न ३८ कट्ठा जग्गा दिईएकोमा त्यो पनि राजुराज गिरिले हडपेको अनको आरोप छ।

    उनले प्राप्ति गरेको सो जग्गा भएपनि फिर्ता दिलाउन समेत विगत चार दिन देखि अंशनमा बसेकी छन्। श्रीमान श्रीमति गिरि छोरा छोरी परिवार सहित अलपत्र अवस्थामा पालमुनि विरामी अवस्थामा परेका छन्।  

    जितपुरको मुख्य चौकमै १४ कट्ठा  चर्पेको दुई तल्ले आलिशान भवनको करिब ६० जति कोठा रहेकोमा दमपति गिरि घर प्रवेशको लागि भाईसँग हकको लडाईमा संघर्ष गर्दै  गेट अगाडी घाम पानी गर्मि बतास बसि आमरण अंशन बस्न बाध्य बनाईएको अवस्थाले सम्पतिको लोभ मान सम्मानको पगरीले बुवाको पैतृक हकबाट हात धुुने अवस्था रहस्य बाहिरिएको छ।

    आफ्नै भाइ राजु राज गिरि र उनका श्रीमती रजनी कुमारीले आफ्नो अंश नदिएको मालती गिरिले आरोप लगाईन । अंशको लागि बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको र त्यहा जितपुर सिमराको वडा न ३ कितान १७८ को जग्गा ८ कठा र वडा न ३ कै किता न १७९को ६ कठा गरि राजु राज गिरि र रजनी गिरिले सहमतिमा अंश भर्पाई गरि बिनोद गिरिलाई २०७६ मंसिर २ गते अंश भर्पाई लिखित दिइएको भएपनी राजु राज गिरिले आफ्नो दाजु बिनोद गिरि संग छल गरि सो जग्गा भोलि पल्ट नै बिक्रि गरिएको रहस्य बाहिर आएका छन ।

    स्व . फकिरा गिरिको छोराहरू सबैले अंश पाएको अर्का छोरा बिनोद गिरिले त्यतिबेला अंश नपाएको आफुहरु संग जालसाजी गरिएको मालती गिरिले बताईन । गिरि दम्पती परिवारले जितपुर वडा न ३ किता न ३५९२ को १ बिगहा ७ कठा , किता न ३५८६ को १४ कठा ४ धुर ,किता न ३५९६ को ७ कठा २ धुर गरि जम्मा ३८ कठा जग्गा आफ्नो अंश पाउनु प्रने मांग गर्दै उनको घर अगाडि अनशनमा बसेका छन ।

    शुुरुमा १४ कट्ठामा अंश भर्पाई गराई दिएको जग्गा र पछिल्लोपटक ३८  कट्ठा दिएको बहुमुल्य जग्गा कले कसरी बौच्य? छानबिन गरिनु पर्छ  र हामिले पाउने अंश पाउनु पर्छ माग र गुहार हो, अंसनरत गिरि दम्पतिले बताए। गिरि दम्पतिको दुखेसो र आरोपको बारे उनका भाई परिवारसँग प्रतिक्रिया लिन खोज्दा दिन मानेन्न।  गेट भित्रैबाट रमिता हेर्दै घर पसेका थिए।