कलैयामा पर्ने तीन किमि मानवत- मटिअर्वाको अधुरो सडकखण्ड बनाउन मेयर साहले गरे आमरण अन्सनको घोषणा

दाश पन्न्नालाल दाश पन्न्नालाल 210 Views

 संवाहक 

अनलाईन / राष्ट्रिय दैनिक

२१ चैत, कलैया–मानवत – मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया उपमहानगरपालिका स्थित बाँकी रहेका तीन किलोमिटर अधुरो सडक बनाउन मेयर बिनोद साहले  कलैयाको भरत चोकमा आमरण अन्सनमा बस्ने आज आफ्नै कक्षमा पत्रकार सम्मेलन गरि घोषणा गरेका छन्।

अथक प्रयासका बावजुद बाटो बमाउन सरकार गम्भीर नभएकोले र चुनाव जितेपछि मेरो कार्यकालमा अधुरो सडक बनाउने प्रतिबद्धताले जनतामाझ प्रतिषपठा दाउमा लागेको छ ,उनले भने।  ठेकेदारले बाटो बनाउन बहानाबाजी गर्दै दु: ख दिएकोले अब अन्तिम विकल्पको रुपमा सरकारलाई दबाब  दिन ७ दिनको अल्टिमेटम सहित आमरण अन्सनमा बस्ने उनले बताए।

नागरिक मेयरलाई सब थोक बुझिरहेेका छन्। त्यो स्वभाविक पनि हो । संघिय सरकार देखि प्रदेश सरकारमा आफ्नै पार्टी सांसद विधायक , नगरपालिकाका मेयर उपमेयर सहित नगर सभासदस्य समेत आफ्नेै भएपनि पहल कदमी गर्दा गर्दै थाकिसकेकोले आमरण अन्सन रोजेको  उने भने।

संसदमा झिनामसिना कुरामा अवाज उठाउने तर यत्रो वर्ष देखि अलपत्र अवस्थामा रहेको सडकको विषयमा मुखै खोल्न नसक्नेलाई कुन रुपमा लिने चिन्ता व्यक्त गरे। उबडखाबड  परेको सडक खण्डमा सांसदको गाडी दुर्घटना हुन्छ, सांसदलाई कलैया प्रवेशमा नागरिकबाट अडचन हुन्छ। विडमबना तीन तहमा सरकारको नेतृत्व र वर्चस्व रहेपनि निरीह जस्तो भान भएको उनको गुनासो रहेको छ।

सांसद एमालेकै, प्रदेश समसद एमाले कै र स्थानिय तह स्वयम् आफै हाकिरहेको अवस्थामा नागरिकबाट दिनरात ट्रोल हुनु आफै आजित भएकोले यस्तो कदम उठाउन बाधय भएको छु, मेयर साहले बताए।

एक हप्ताको समयसिमा दिएको छू, यसअवधि भित्र बाटो बनाउन अग्रसरता देखाए जेजे सहयोग चाहिने सब लगाएर चाँडो भन्दा चाँडो भद्रुा रुपमा देखिएको सहरको मुहार सुन्दर बनाउने हुटहुटी छ उनले प्रतिबद्धता गरे।

यसबिच ठेेकेदार मन्त्री डिजि लगायत सम्बन्धित निकायसँग काठमान्डौ गएर मन्त्रालय प्रधानमन्त्रीसँग समेतलाई घच्चघच्याउने छु, यसको बावजुद दिएको अल्टिमेटम भित्र सुनवाई भएन भन्ने काठमान्डौ देखि जुन दिन फिर्ता हुन्छु चाहे नव दिन लागेपनि सॐही दिन देखि अनसनमा बस्ने उनले बताए।  सडकले दिनरात गिज्याईरहेको र सडकखण्डको देखिने दृश्यले आत्मग्लानी महसुस  भइरहेकोले अब नबने कहिले बन्छ? भन्दै आमरण अन्सन एक्लै बस्ने चाहे ज्यानै किन नजाओस भनि उदघोषले अब बाटो बन्छ कि नागरिकमा अलि आशा पलाएको छ।

बाटो बनाउन  मैरो सरकार मेरो नेताले उदघटान गर्छ, कालोपत्रो बनाउन प्रतिबद्धता सहित क््यौं पटक ठुलै नेताबाट सिलान्यास हुन्छ तर उस्ताको उस्तै भन्दा पनि झन झन विग्रिदै गएको छ। हिलामय र धुलामयले सास्ती खेपिरहेका नागरिक आजित भई ढाठ भठा लगाई  दुई अघि बाटो अवरुद्ध गरेपछि मेयर पनि बाटोको लागि तातेका छन्।

बाटो बनाउने जिम्मा सघिय सरकारले ठेकेदारलाई दिएको छ।नगरपालिकाको बजेटले बनाउन नसकिने प्राविधिक कारण छ। बुलाकी सडक अन्तर्गत तीन किमि अधुरो सडक खण्डकले दुर्घटना निम्त्याएसँगै स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ। मानिस विभिन्न रोगका सिकार बन्दै गएका छन्। वाटोको कारण वातवरण प्रदुषण फैलिएको छ। बााटो छेउका बासिन्दा आउजाउ देखि धुलो हिलोले २४ औं घन्टा आजित भएका छन् भन्ने मेयरको राजनितिक साख पनि कमजोर गर्न राजनिति भईरहेकोले बाटो पिच नभई नहुने अवस्थामा छ।

ठेेकेदार विचैमा काम छोडी भुक्तानीको बहानामा भाग्दै गरेको अवस्थामा कलैया सहर कुरुप देखिएको छ। संस्कार एफएम देखि शितलपुरसम्मको बाटो ग्रावेल उबडखावड सडक छिन्नभिन्न अवस्थामा छ।

सडक यस्तो देखेर नगरबासीले बाटो बनाउन दबाब दिदै आएका छन्।  सडक कै कारण नागरिकले बारम्बार नगरप्रमुख साह बिरुद्ध टायर बाल्ने प्रदर्श गर्ने कार्यले बदनामी बेहोर्नु परिरहेको छ। बाटो पिच नहुँदा धुलो रोक्न पानी छडकावले नगरको बजेटको अनावश्यक  खर्च बढेकै छ।

 

 

प्रतिक्रिया
Share This Article