चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

दाश पन्न्नालाल दाश पन्न्नालाल 482 Views

पिप्राविर्ता, असार १७ — बाराको महागढीमाई नगरपालिका–९ पिप्राविर्तामा चट्याङ लागेर एक १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन्।

स्थानीय स्रोतका अनुसार बुधबार बेलुका करिब ६ बजे छिटफुट वर्षासँगै आएको चट्याङका कारण कपिलदेव दास र निर्मला देवी दासकी १२ वर्षीया छोरी सञ्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।

सञ्जना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राविर्तामा कक्षा ५ मा अध्ययनरत थिइन्।मृतक बालिका गरिब परिवारकी थिइन्। स्थानिय संदिप दासका अनुसार कालो बादलसँगै सामान्य वर्षा भइरहेको बेला सरेहमा रहेको सिसोको रुखमा चट्याङ खसेको थियो।

चट्याङको प्रभावले उक्त रुख दुई चिरा परेको बताइएको छ। रुख नजिकै खेतमा रहेकी सञ्जनाको शरीर तथा अनुहारमा गम्भीर डढेसगै चोट लागेकोले घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।

घटनामा सञ्जनासँगै रहेकी स्थानीय भन्टु दासकी पत्नि ३० वर्षिया सरिता देवी घाइते भएकी छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

मृतक सञ्जनाका बुबा कपिलदेव दास विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा रहेका छन्। छोरीको असामयिक निधनले परिवार तथा गाउँ शोकमा डुबेको छ।

वुवा विदेशमा छन् ।उनका दुई सन्तान मध्ये छोरीको यसरी मृत्यु पछि एउटा जेठो छोरा र घर परवार दु:खको पहाड खसेको वडा सदस्य उमेश दासले पिडित परिवार प्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

महागढीमाई नगरपालिका -९ का वडाअध्यक्ष दिलिप शुकलाले गहिरो दु:ख व्यक्त गरेका छन्।आफुबाट हुन सक्ने सहयोग गर्ने बताएका छन्।
वर्षायामसँगै चट्याङ, बाढी, डुबान र अन्य प्राकृतिक विपद्का घटना बढ्ने भएकाले मौसम प्रतिकूल भएका बेला खुला स्थान, अग्ला रुख तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। प्राकृतिक विपद्का बेला सबैले उच्च सतर्कता अपनाऔँ।

प्रतिक्रिया
Share This Article