संवाहक
अनलाई / राष्ट्रिय दैनिक
४ माघ, कलैया —- सुधार गृहको रुपमा संचालित रहेका नव जन्म पुनस्थापना केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरी कारवाहीको माग गर्दै कलैयामा आइतबार बिरोध प्रदर्शन गरिएको छ।
कलैया उपमहानगरपालिका–१ स्थित सो सुधार केन्द्रमा कुटपिट गरी हत्या गरिएका ३७ वर्षिय युवक प्रदिपप्रसाद मण्डलका परिवार र स्थानीयले बिरोध प्रदर्शन गरेका हुन्।
मृतक मण्डलका परिवारजन र स्थानीयहरुले संचालकलाई पक्राउ गर,पीडितलाई न्याय दे,दोषी हत्यारालाइ कार्वाही गर,पीडितलाई न्याय दे,थप सिसिटिभी फुटेज सार्बजनिक गर लगायतका प्लेकार्ड लिई नाराहरु लगाउदै कलैया बजारभरी परिक्रमा गरेका हुन्।
बिरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा पुगि पीडित परिवारले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र समेत बुझाए।
सुधार केन्द्रमा कुटपिट गरि हत्या गरिएको घटनामा प्रहरीले किटानी जाहेरीमा परेका ९ मध्ये सात जना अभियुक्तहरुलाइ पक्राउ गरेको ज्तर सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ नगरिएको भन्दै मन्सुरलाई पनि पक्राउ गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ।
घटनामा संलग्न रहेका जो प्रामणले पुष्टि भएको हो जो छन् केही पक्राउ परेका छन् र अन्य फरारलाई कानुनको दायरामा ल्याई कानुन बमोजिम कार्यवाही हुने बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पिडित परिवारबाट ज्ञापन पत्र बुझेपछि छलफलमा यस्तो बताएका हुन्।
मृतक पीडित परिवारसित कुराकानी गर्दै बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष तामाङले अभियुक्तहरुलाइ पक्राउ गरि सकिएकोले उनीहरुलाई कानुन बमोजिम सजाय हुने बताए।
सुधार गृह भित्रै कुटपिट गरिएको सिसिटिभी फुटेज लगायतका प्रमाणहरु बरामद गरि घटनाको अनुसन्धान सूक्ष्म ढंगबाट प्रहरीले गरिरहेको उनले भने।
कलैया–९ रामपुरका मण्डललाई बिहीबार मध्यराति अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ तर घटना प्रकृति हेर्दा हत्या नै हो, आरोपितलाई तत्कालै पक्राउ गरि ज्यान मारने कसुरमा मुद्दा दर्ता भईसकेको छ सआथै फरार रहेकालई खोजी कार्य जारी रहेको बाराका प्रहरी प्रमुख एसपी तमाङले बताए ।
सुधार गृह भित्रको सिसिटिभि फुटेजमा लात ‘मुक्काले अनुहारमा कुटपिट गरिएको संकलित प्रमाणले प्रस्ट भएको छ,’ उनले भने, ‘मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ ।
शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न उनले नमानेपछि कुटपिट गरिएको देखिन्छ ।’ मण्डललाई दुई साता अघि परिवारले नै पुनःस्थापना केन्द्रमा राखेका थिए ।
लागूऔषधको कुलतमा फसेकाहरूको सुधारका लागि सञ्चालनमा ल्याइएको पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमतिसमेत नलिएको सञ्चालकका भाइ तमन्ना मन्सुरले प्रहरीलाई बयान दिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरीका प्रहरी निरीक्षक रादेश खत्रीले बताए ।
यता सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा जनस्वास्थ्य कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत संचारकर्मीहरु सहितको अनुगमन टोली बारामा रहेका सुधार केन्द्रहरुको आज बाट अनुगमन सुरु गरेको हो ।
अनुगमनको क्रममा सुधार केन्द्रहरुको भौतिक अवस्था, गुणस्तर, पालना गर्ने नियम, दर्ता भए नभएको कागजपत्र तथा अन्य सेवासुविधाको अवस्था बारे हेर्ने काम भएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन् । मनपरि ढंगले खोलिएका यस्ता सुधार गृहले मापदण्डको पालना नगरेकि देखिएकोले विदमान घटनाको समस्या सृजना भएको हो।