संवाहक
हनलाईन/ राष्ट्रिय दैनिक
२ फाागुन, कलैया —- ३० औं जनयुद्ध दिवसको अवसरमा प्रेस सेन्टर नेपाल बाराले प्रदेशिक अस्पताल कलैयामा विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
माओवादीले जनयुद्धको थालनी गरेको ३० औं वर्ष पुगेको अवसरमा पार्टी र भातृ संगठनहरुले देशभर विभिन्न कार्यक्रम मनाइरहेका बेला विहुवार कलैयामा प्रेस सेन्टरले रचनात्मक कार्य र सामाजिक सेवा गर्ने उदेश्यले अस्पतालमा पुगेर त्यहाँ रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रन्जन यादवले बताएका छन्।
अस्पतालमा भर्ना रहेका विरामीलाई फलफुल वितरणसँगै विरामी अवस्था र अस्पतालबाट हुने सेवा प्रवाहमा ढिल्लासुस्ती नहोस्, अस्पताल प्रशासन र चिकित्सक सँग छलफल भएको हो। जनयुद्ध दिवसले जुराएको अवसरमा अस्पतालमा रहेको ८५ जना बिरामीलाई फलफुल वितरण गरिएको नेकपा माओवादी केन्द्र कलैया नगर कमिटीका उपाध्यक्ष रमेश साहले जनाएका छन्।
वि.सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएकोले माओवादी पार्टीले जनयुद्ध दिवस मनाउन थालिएको प्रेस सेन्टर नेपालका संथापक अध्यक्ष रामबाबु मेहताले बताएका छन्।
उक्त फलफूल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका कलैया नगर कमिटीका अध्यक्ष मुकेश साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेन्टरका सचिव अखिलेश यादवले बताए।
नेकपा माओवादी केन्द्रका कलैया नगर कमिटि उपाध्यक्ष रमेश साह,प्रेस युनियनका बारा अध्यक्ष श्यामबाबु यादव , प्रेस सेन्टर नेपाल बाराकी उपाध्यक्ष प्रियंका सराफ, सहसचिव बिशाल सर्राफ लगायतका सहभागिता रहेका थिए।