संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
२६ पुस, बारा— बारा प्रहरीले १ करोड भन्दा बढीको मालसमान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको समान नियन्त्रणमा लिईए उनले भने।
पुस,२६ गते बिहान सावा ९ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरीटोलीले वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू. ३१ लाख ५१ हजार १ सय ११ रूपैया बराबरको टायर, मोटर पोर्टस, केमीकल पाउडर र ईलेक्ट्रिकल समान लगाएत अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरीले जनाएको छ।
त्यसैगरि, पुस २५ गते बिहान पवने ९ बजेको समयमा महागढीमाई नगरपालिका वडा नं.७ तेलकुवाँ चोकमा प्रहरी चौकी तेलकुवाँबाट प्रहरी सहायक निरिक्षक पुर्ण तमाङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले कबहीबाट वरियारपुर तर्फ आउदै गरेको यात्रु बोक्ने अटोमा भन्सार छलीका करिब ६० हजार रूपैया मुल्य बराबरको कस्मेटीक समान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
पुस २५ गते राति करिब ११ बजेर ५० मिनेटको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – ७ जीतपुर चोक स्थितमा ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्रहरी नायब निरिक्षक मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरीटोलीले गाडी चेेकजाँच गरेका थिए।
पर्सा जिल्लाबाट सप्तरी तर्फ जादै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बे ट्रकमा लोड गरेको अं.मुल्य रू.७३ लाख ८४ हजार ४ सय १७ रूपैया बराबरको टायर, औषधि, पाइप, स्प्रे टैङक लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको बताईएको छ।
तीनटै प्रहरी ईकाइले करिब १ करोड ५ लाख ९५ हजार ५ सय २८ रूपैया मुल्य बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।