डेह्र क्विन्टल लागू औषध गाँजा सहित मो.सा. प्रहरीको नियन्त्रणमा

दाश पन्न्नालाल
1 Min Read

संवाहक

अनलाईन / राष्ट्रिय दैनिक

११ पुस, बारा-–  प्रहरी चौकी श्रीनगर बैरियाले करिब डेह्र क्विन्टल लागू औषध गाँजा सहित भारतिय मोटरसाईकल हिजो पवने १० बजेको समयमा सिम्रौनगढ -७ खजानीबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

प्रहरी चौकी श्रीनगर बैरियाबाट प्रहरी सहायक निरिक्षक जगदिस प्रसाद यादवको कमाण्डमा खटिएको गस्ति टोलीले सो परिमाण बरााबरको लागू औषध गाँजा बरामद गरिएको हो।

प्रहरीले गस्ति गर्दै जाने क्रम्मा कोतवाली नहरबाट खजानी तर्फ आउदै गरेको BR 22 AQ 2976 नम्बरको सुपर स्पलेन्डर मोटरसाईकललाई शंकास्पद लागि पछ्याउदै जादा  प्रहरी टोलीलाई देखी तत्काल मोटराईकल छाडी चालक फरार भएको बताईएको छ।

तर,  उक्त मोटरसाईकलमा लोड ३ बोरा प्लाष्टिकले बेरेको ९ वटा पोका लागू औषध गाँजा बरामद गरी मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *