२ जना फरार प्रतिवादीहरू पक्राउ

दाश पन्न्नालाल
1 Min Read

 संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

६ पुस, कलैया– बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कसुरवार ठहरी फरार रहेका २ जना प्रतिवादीहरू  पक्राउ गरी जिल्ला अदालत, कलैयामा दाखिला गरिएको जनाएको छ।

प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय  मातहत  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका बिभिन्न मुद्दामा बरदात पश्चात फरार रहेका  मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पुस ५ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी अदालतमा दाखिला गरिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा ५ महिना २८ दिन कैद र २ हजार जरिवाना पाई निजगढ नगरपालिका -८ खैरघारीका ५१ वर्षिय विमला बुढाथोकी  र चोरी मुद्दामा १ महिना १५ दिन कैद र १० हजार जरिवाना पाई  कलैया उपमहानगरपालिका – १० मटिअर्वाका २५ वर्षिय जियालाल साह तेली रहेका छन्। पक्राउ गरिएका दुईटैलाई आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको  निमित सुचना अधिकारी प्रहरी निरिक्षक वलराम श्रे्ष्ठले बताएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *