प्रहरी चौकी पथलैयाका ईन्चार्ज अधिकारीले पवने६२ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा पठाए

दाश पन्न्नालाल
1 Min Read

 संवाहक

अनलाईन / राष्ट्रिय दैनिक

५ पुस, कलैया—  प्रहरी चौकी पथलैयाका ईन्चार्ज बरिष्ठ सई रोशन अधिकारीले चेकजाँचको क्रममा विलबिजक नभएको करीब पवने ६२ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्

पथलैया चौकीका प्रहरी बरिष्ठ नायब निरिक्षक अधिकारीको कमाण्डमा खटिएका प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६१ लाख ७२ हजार १ सय १९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको हो ।

पुष ४ गते अं.९ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ७ ख १३१० नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.१० लाख २० हजार ४ सय ८२  रूपैया बराबरको धनिया, जिरा, खुर्सानी र बदाम लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको बताईएको छ।

त्यसैगरि, सोही ठाँउमा साढे ९ बजेको समयमा बिराटनगरबाट रूपन्देही तर्फ जादै गरेको प्र ०१-०२-००१ ख ८०७३ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.५१ लाख ५१ हजार ६ सय ३७ रूपैया बराबरको साईकलको पार्टपुर्जा, अबिर धनिया, मर्चा, जिराको पाउडर र बिस्कुट लगाएत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिई राजशव अनुसन्धान कार्यालयमा पठाईएको बारा प्रहरीका नुमित सुचना अीकारी बलराम श्रे्ष्ठले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *