अमलेखगंज प्रहरीले १ करोडको ६० किलो चाँदी सहित१ जनालाई समायो

दाश पन्न्नालाल
1 Min Read
 संवाहक 
अनलाईन / राष्ट्रिय दैनिक
२२ मसिर, कलैया — अमलेखगंज प्रहरीले १ करोड भन्दा बढीको  ६० किलो चाँदी सहित १ जनालाई नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।
मंसिर २२ गते अं.९ :२० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब उपरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रमममा
सो परिमाण बराबरको चाँदी सहित मानिसलाई समातेको हो।
पक्रा पर्नेमा बारा कलैया उप महानगरपालिका -५ घुसुकपुर बस्ने अं.वर्ष ३६ को कर्म साह सोनार रहेको प्रहरी उपेिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।
प्रहरी सक्रियताले बरामद चाँदी एक करोड भन्दा बढीको रहेको यसमा कारोबारमा संलग्नको अनुसन्धान तथा छानवीन भईरहेको उन्ले भने ।
जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित वीरंगज बाट हेटौंडा तर्फ जादै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटीलाई रोकि चेकजाँच गर्दा उक्त स्कुटीको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाई छिपाई लगि रहेको थिए।
स्कुटी सहित  अं. मुल्य रु. १ करोड २ लाख  बराबरको चाँदी जस्तो देखिने सेतो धातु ६० किलो चाँदी बरामद गरी पक्राउ परेका साहलाई   समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता  एवम् सुचना अधिकारी प्रहरी नायब निरिक्षक प्रकाश सापकोटाले जनाएका छन्।
Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *