संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
सरोज दास
१८ मंसिर, बरियारपुर– मधेश प्रदेश सरकारले गढीमाई मेलामा हुने विशेष पुजाको लागि मधेश प्रदेशमा एक दिन सार्वजनिक बिदा दिएको छ।
बाराको महागढीमाई नगरपालिका वडा – १ बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठले गढीमाई मेलाको लागि विदाको निर्णय गरेको हो।
मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाई प्रति लाखौं श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन्।
प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनेगरी बिदा दिएको उनको भनाइ छ ।
मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ । मंसिर २३ गते रङा र २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम तय भएको मेला ब्यवस्थापन समितिले जनाएको छ ।
मधेश सरकारको यस्ता निर्णयले आन्तरिक तथा बाह्य धार्मिक पर्यटनमा टेवा पुर्याउनेछ, सँगै गढीमाईको ऐतिहासिक आस्था र धर्म संस्कृतिलाई मद्दत मिलने भएकोले महागढीमाई नगरपालिकाका नगरप्रमुख एवम् गढीमाई मेला मुल व्यवस्त्थापन समितका अध्यक्ष उपेन्द्र प्रसाद यादवले गढीमाई मेलाको अवसरमा दिइएको विदामा धन्यवाद ज्ञापन गरेका छन ।