संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
१६ मंसिर, कलैया— बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी करार भएका ४ जना फरार प्रतिवादीहरूलाई आज पक्राउ गरेको छ।
प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट आज पक्राउ गरी आवश्यक कारवाहीको लागी अदालत दाखिला गरिएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका -१ नमुना बस्तीका चन्द्र बहादुर बि.क. चोरी कसुरमा २ महिना कैद र रु ५ जरिवानामा विगो भर्न र कैद भुक्तान नगरी फरार रहदै आएका थिए।
त्यस्तेै, सोही नगरपालिका वडा नं-८ का सन्तोष प्रसाद चेक अनादर ३ हजार जरिवाना, वडा -११ का सुकुमार गुरो चोरी संरक्षित बन्यजन्तु हात्तिको दह्रा (आखेटोपहार ओसार पसार गरेको) ५ वर्ष ३ महिना कैद र ५ लाख जरिवानामा रमहागढीमाई नगरपालिका – २ भन्सिया टोलका भुपेन्द्र प्रसाद यादव चेक अनादरमा १ हजार ५ जरिवानामा फरार रहेका थिए।
पक्राउ परका ४ जनालाई दालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता एवम डिएसपी प्रकाश सापकोटाले जनाएका छन्।