हिन्दुहरुको महान पर्व छठ घाट भव्यरुपमा सजाईदै, आज खरना

दाश पन्न्नालाल
2 Min Read
 २१ कार्तिक, कलैया ।  तराई मधेश लगायत संघिय राजधानी काठमान्डौमा हिन्दुहरुको महान पर्व छठ ब्रतको छठी घाठको सजावट द्रुत गतिमा भईरहेको छ। निराहार कठोर ब्रतमा छठ ब्रतालुहरुले अर्घ्य दिईने घाट नदि पोखरी जलाश्य समेतलाई सरसफाई र व्यवस्थापनमा श्रद्धालुहरु सहित समिति बनाएर कार्यमा जुटेका छन्।
मधेश प्रदेशको राजधानी जनकपुर देखि औधोगिक नगरी पर्साको विरगँजको घडिअर्वा ,बाराको कलैयाको रामजानकी मन्दिर, सिद्धेशवर विद्यालयमा घाट सजवाटमा लाखौ रकम खर्ची भव्य र मनमोहक बनाउन तयारीको लगभग पुर्ण अवस्थामा छ।
 यसैगरि,  महागढीमाईको बरियारपुर, पिप्राविर्ता, कन्चनपुर, बलुवा, सिम्रौनगढ कचोर्वा, सुवर्णको कवहीगोठ, आदर्शकोतवालको चिउटाहा, देवताल,  विश्रामपुर, फेटाको भलुही भरवलिया त्रिवेनी, प्रसौनी, परवानीपुर, नौतन, निजगढ , करैयामई ,बारागढीको लङ्डाचोक, पचरौता वेनौली लगायतमा प्रत्येक टोलमा गच्छअनुसार साना ठुल्ला छठघाटमा पण्डाल बनाई सजवाट भईरहेको छ।
 ब्र्रतालुहरु मंगलबार ‘नहाय खाय’ विधिबाट छठ पर्वको विधिवत शुरु गरेका छन् । स्नान पछि शुद्ध चोखो  मिठा मसिना खाने कुरा खाएका छन् ।

व्रतालुहरुले बुधबार ‘खरना’ विधिअन्तर्गत ‘रस्याउ रोटी’ अर्थात् दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र रोटी/पुरी खानेछन् । बिहीबार दिनभरि निर्जल निराहार बसेर व्रत बस्ने छन् । त्यस दिन साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखर, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँ-नयाँ वस्त्र लगाएका व्रतालुका परिवारजनले पूजा सामग्री राखिएको बाँसको दौउरा छैंटा टाउकोमा बोकि घाटसम्म लग्नेछन् ।

छठ घाटमा व्रतालुहरुले बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्रीको अर्घ्य दिईने छन् । त्यसपछि  घण्टौ घाटमा बसेर पूजाअर्चनामा लिन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यसरी कोसी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका पनि त्यहाँ पूजाअर्चना गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालुहरु भने रातभरि त्यही भजनकीर्तन गर्छन् । घटा सेवन गरि विहानको सुर्य भगवान दिनानाथलाई अर्घ्य दिई पारना गरि छठ पर्व सम्पन्न हुनेछ।

ब्रताुलु अंकमालगरि एकआपसमा शुभुकामना अदानप्रदान सँगै  शुभाशिस दिने र थाप्ने गर्दछन्। गाउँ टोलका मन्दिर पुजनगरि अनजल ग्रहण गरि छठी माताको कठोर निराहार व्रत सकिनेछ।

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *