पचरौताको वेनौलीमा लाग्ने छठ परनाको झण्डा मेला भिखना पोखरीको डिलमा लाग्ने , अराजक गतिविधि झडप रोक्न अनुमति वेगर अर्को मेला वा कार्यक्रम गर्न पाईने छैन- मेयर सिंह

दाश पन्न्नालाल
6 Min Read

१९ कार्तिक, कलैया । पचरौता नगरपालिका बडा नं.७ बेनीली गाउँमा परा पुर्वकाल देखि नै छठ पर्व परनाको भोलिपल्ट देखि लाग्ने महाविरी झण्डा मेलाको विषयलाई लिएर नगर प्रमुख जलन्धर सिंहले आज प्रेस सम्मेेलन गरेका छन्।

नगर कार्यपालिकाको असोज १२ गतेको निर्णय अनुसार वडा नं.७ वेनौली गाउँमा परनाको भोलिपल्ट देखि लाग्ने सो मेला भिखना पोखरीको डिलमा लागाउने बताएका छन्।

नगरपालिका वा वडा कार्यालयको अनुमति विना यस नगरपालिका को क्षेत्र भित्र कुनै किसिमको मेला, नाचगान लगायत सांस्कृतिक कार्यक्रम समेत गर्न नपाउने निर्णय भएको जानकारी समेत गराएका हुन्।

कार्तिक २३ गते रात्रि महाविरी तथा ब्रहम पुजा हुने बताईएको छ, भन्ने कार्तिक २४  देखि २५ गते सम्म वडा नं.७ वेनौली गाउँमा लाग्ने महाविरी झण्डा मेलामा कडा र उच्च स्तरिय सुरक्षा व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्र समेत पठाई सकेको मेयर सिंहले जानकारी गराएका छन्।

गत साल झै मेला विबादित बनाउन झडप तथा झगडा गर्ने उदेश्यले केहि व्यक्ति तथा समुहले नगरपालिकाले तोकेको मिति समयमा अर्को मेला लगाउन तिरनवाज सिंह भन्ने लालवहादुर पटेलको अध्यक्षतामा एउटा मेला समिति तथा भैयाराम सहनीको अध्यक्षतामा अर्को मेला समिति गठन गरि विवाद सृजना गर्न खोजेको हो , उनको भनाई रहेको छ।

महाविरी झण्डा मेला उपभोक्ता समिति गठनका लागि वडा कार्यालयबाट प्रथम पटक असोज ७ को सूचना स्थगित भई पुनः दोस्रो पटक १६ गते सुचना गरिएकोमा १८ गतेका दिन बिहान ७ बजे राम जानकी मठको प्राङ्गणमा धर्मदेव प्रसाद यादवको अध्यक्षतामा भिखना पोखरीको पश्चिम डिलमा मेला लगाउनको लागि श्री महाविरी झण्डा मेला व्यवस्थापन समिति गठन भईसकेको उनले भने।

यस वडा कार्यालयको असोज १८ गतेको च.न. ३८९, बाट सिफारिस समेत भई  नगर कार्यपालिकाको कार्यालय बेनौलीको असोज २० गतेको च.नं.११९७ बाट कार्यदेश समेत पाईसके भएपनि समाजिक संजाल तथा गाउँका व्यक्तिहरुबाट भएको जानकारी अनुसार कानुन विपरीत केही व्यक्तिहरु/समुहले सोही समय र मितिमा अर्को मेला लगाउनको लागि मेला समिति गठन गरेको सुनिन आएको छ, भन्दै उनले आपति जनाएका छन्।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १२ बडा समितिको काम, कर्तव्य र अधिकारको उपदफा २ (ग) को बुदाँ नं.१७ मा स्थानिय समुदायका चाडपर्व भाषा संस्कृतिको विकासको लागि कला नाटक जनचेतनामुलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने तथा बुदाँ नं.१८ मा स्थानिय मौलिकता झल्किने सांस्कृतिक रितिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने अधिकार  वडा कार्यालयलाई रहेकोले कानुन विपरीत कोही कसैले अनाधिकृत कार्य नगर्नु नगराउनु आग्रह गरेका छन्।

वडा कार्यालयको अनुमति विना वडा नं.७ मा कुनै किसिमको सांस्कृतिक कार्यक्रम मेला तथा नाटक समेत संचालन नगर्नु नगराउन भनेका छन्।

यदि कुनै व्यक्ति वा समुहले अनुमति विना सास्कृतिक कार्यक्रम, मेला तथा नाटक संचालन गरेमा वा गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने सचेत गराएका छन्।

जबकी विवाद सामय पार्न गत वर्ष नै बडा नं.७ का जनप्रतिनिधि र अगुवा भद्रभलादमीहरु र मेला लगाउने अर्को समुहसंग जिल्ला प्रशासन कार्यालय कलैया बारामा २०८१ साल देखि एउटै मेला लगाउने र उक्त मेला वडा कार्यालयले लगाउने २०८०/८ /५ गते सहमति समेत भएको उनले नगरबासीलाई लगायत सरोकारवालालाई जानकारी गराउन मिडियाकर्मीसँग साक्षात्कार गरेका उनले भने।

यहाँसम्मकी भैयाराम सहनीले मेला लगाउनका लागि वडा कार्यालयले गठन गरेको मेला समिति विरुद्ध (मुदा नं.०८१-७०- ०३२४। रिट समेत दिएकोमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार समेत गरेको वडाअध्यक्ष लक्ष्मी यादवले जानकारी गराएका छन्।

गत वर्ष पनि दुई  बटा मेला लागेकोमा उक्त मेलामा दोहरो झडप समेत भई स्थिति अत्याधिक तनाव पुर्ण भएकोले जिल्लावाट ठुलो संख्यामा प्रहरी समेत परिचालन भई झडपलाई नियन्त्रण गर्नका लागि १८ राउण्ड हवाइ फायर समेत गर्नु परेको तनाव पुन: स्मरण गराउदै अब त्यस्तो हुन नदिन सजगता सहित सम्पुर्ण तयारी भईसकेको उनले बताएका छन्।

राजनितिक प्रतिशोद्धले अराजक्ता फैलाउने छुट कसैलाई नरहेको बताउदै विवाद मिलाउन अनेकन पटक छलफल भएको तर अर्को समूह अटेरी गरिरहेको मेयर सिंहको कथन रहेको छ।

यस अघि गाँउमै लाग्दै गरेको मेला नीर पहिले प्राथमिक विद्यालय थिए , खुल्ला मैदान थिए  तर अहिले सो स्थान साँगुरिएको छ। विद्यालयमा कम्पाउण्ड बाल लगाईएको छ। निजि जग्गामा लगाउनु भन्दा सार्वजनिक जग्गा प्रयाप्त भएकोले भिखिना पोखरीको डिल उपयुक्त रहेको छ।

विगतको सुनियोजित रबैया र उग्र विवादलाई मध्यनजर गरि र विगतको सम्झौता अनुसार यसपालीको मेला विवादरहित बनाउन नगर भित्र अर्को कुनै मेला जात्रा नाटक वा यस्ता भिडभाड हुने कार्यक्रम अनुमति बेगर पुर्ण बन्देज लगाइएको हो, त्यस्तो कार्य गर्नु परेमा नगरपालिकाबाट अनुमति लिई सोही अनुसार गर्नु पर्नेछ। शान्ती सुरक्षा बहाल राख्न र आपसी सद्भाव खलबलिन नदिन भव्य सभ् रुपमा मेला लगाउन कडारुपमा जानू परेको उनको प्रष्टोक्ति रहेको छ।

नगरमा विनास, आपसी कलह नहोस्, कसैको उक्साहटमा उपद्रव नहोस्, नगरवासीको जिउधन तथा शान्ती सुरक्षाको दायित्व नगरप्रमुखको रहेकोले नगरपालिकाले तोकिए ठाँउ नगरपालिका कार्यालयसँगै रहेको भिखना पोखरीको पश्चिम डिलमा नै सुरक्षित शान्तितिपुर्ण लाग्ने मेलाको प्रचार प्रसारमा जोड दिन भन्दै  २३ गते रात्री विधिवत शुरु हुने पुजा मेलामा रिपोर्टिङगको लागि संचारकर्मीलाई आह्वान गरेका हुन्।

सोही अवसरमा नगरवासी लगायत सम्पुर्णमा सुख शान्ती समृद्धि छाओस भन्ने हिन्दुहरुको महान  छठ पर्वको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन्। सो प्रेस मिटमा वडा अध्य्यक्ष बनारशी बिन समेत उपस्थित रहेका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *