जिल्ला प्रशासनद्धारा कलैया बजार अनुगमन , उपभोक्ता ठगी गर्नेलाई जरिवाना

दाश पन्न्नालाल
2 Min Read

‌१३ असोज ,कलैया ।  जिल्ला प्रशासन कार्यालय बाराले आज कलैया बजार अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा बजार अनुगमन समितिले बजारको छडके अनुगमन गरेको हो।

चाँडबाँडको मौकामा बढी मुल्य लिईने , गुणस्तरहिन खाद्यय वस्तु बेचबिखन गर्ने , म्याद गुज्रेको सामग्री झुुक्याई बिक्रि गरिरहेको, तोकिएको मूल्य मेटाई मनपरी मूल्य लिने गरेको, र पसल अगाडी समानको मुल्य सार्बजनिक रुपमा नराखी पसले व्यापारीलाई सचेत तथा कार्यवाहीको दायरामा ल्याईएको स प्र अ भट्टराइले बताएका छन् ।

किराना पसल तथा फर्महरुको अनुगमन निरीक्षण गर्दा उपभोक्त संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ वमोजिम आवश्यक निर्देशन तथा कारवाही गरिएको गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कलैया उप महानगरपालिका -४ मा संचालित गीता खुश्वु पाउरोटी उद्योगलाई अखाद्य पाउरोटीमा नयाँ लेबलिङ गरि उपभोक्ताको स्वास्थ्यमा असर पुर्याएकोले पहिलो चोट्टी नसितको रुपमा २० हजार जरिवाना सहित निर्देशन दिएको छ।

त्यसैगरि कलैया उपमहानगरपालिका – ७ का  बजारमा अवस्थित राजेश किराना पसललाई ५ हजार ,जगदम्वा खाद्यान्न पसललाई ५ हजार , जय महारानी किराना भण्डारलाई ५ हजार ,  न्यू दास किराना भण्डारलाई ५  हजार जरिवाना सहित निर्देशन दिएको बताईएको छ।

त्यस्तै, श्री नवयज्ञ पुजा सामग्री स्टोर,अनिल स्टोर्स ,महावीर किराना पसल,मदन वस्त्रालयलाई निर्देशन दिई छाडिएको छ।

बजार अनुगमनको खवर पाउना साथ ऊपभोक्ता ठग्ने, राजश्व छल्ने जस्ता पसले व्यापारीले सटर बन्द गरेेका थिए। एक पटकको लागि समझाई बुझाई छाडिएको हो  कुनैपनि बहानामा नियम बिपरित उपभोक्ता ठग्ने अखाद्य वस्तु बिक्रिवितरण गर्नेलाई अब देखि पनि भेेला परे कडा कारवाही गरिने उनले बताए।

अब नियमित रुपमा अनुगमन निरिक्षण हुन्छ। उपभोक्ताले पनि पर्वको दिनमा उपभोक्ता ठगिने बढी हुने गरेकोले समान खरिद गर्दा ध्यान पुर्याउनु पर्छ। मूल्य सुचि हेर्न जरुरी छ। खााद्य सामग्री वा जुन कुनै उपभोग्य वस्तुको म्याद गुज्रे नगुज्रेको, मु्य मेटाईएको , तोकिएको मूल्य भन्दा बढीमा बिक्रिवितरण गरिरहेको साथै समान खरिद गर्दा विल लिन आवश्यक रहेको ,उनले थपे

बजार अनुगमनबाट ९ जना पसले व्यापरी कार्यवाही गरिएको प्रशासन कार्यालयका नासु रतन स्याङताङले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *