२४ भाद्र , काठमाडौं । पटक पटक निर्वाचनको मिति तोकिए पनि असफल पछि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।
साथै उपाध्यक्ष विष्टलाई आरथिक कारोबार सहित कार्यवाहखो जिम्मेवारी दिएको सम्बोधन सहितको राजिनामा पत्र दर्ता गराई बुझाईएको हो।
महासंघको निर्वाचन दुई पटक तोकिए पनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका समाधानको लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् ।
सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानीगर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ।
सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन, पोखरेलले राजीनामा पत्रमा भनेका छन्।
यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मावारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन, उनको राजिनामा पत्रमा उल्लेख छ।
महासंघको निर्वाचन असोज ५ गते तोकिएकोमा केन्द्रीय अध्यक्षको एकासी निराशापुर्ण सहितको राजिनामा आउनुले झन अन्यौलता सृजना गरेको छ। अर्को सर्व स्विकार्य हस्ताक्षर सहितको भरपर्दो सूचना जारि नहुन्जेल थप अलमल बढाएको छ।
गत वैशाख २१ गते भएको महासंघको महाधिवेशनले जेठ २६ गते निर्वाचनको मिति तोकेपछि उत्साहित भएका पत्रकार त्यो समयमा चुनाव नहुँदा थोरै सेलाएका थिए । त्यसपछि घोषणा गरिएको असार २२ गतको अर्को मितिमा पनि त्यस्तै भएपछि एकपछि अर्को प्रश्न उठ्न थालेको छ ।