१७ भाद्र , सर्लाही । सर्लाही प्रहरीले नक्कली नोट कारोबारीका दुई भारतिय सहित ६ नेपाली गरि आठ जनालाई पक्राउ गरेको छ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने मेशिन समाग्री सहित सर्लाही, रौतहटका एक -एक जना , काठमान्डौका चार जना र भारत विहारका दुई जना आरोपित पक्राउ परेका छन्
पक्राउ परेका दुबैजना भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर र मेजरगँज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमार रहेका छन् ।
त्यस्तै, नक्कली नोटको कारोबारमा संलग्न सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राई गिरफ्तारीमा परेका छन्।
त्यसैगरि, काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षिय विजय लामा, ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
मधुवनी गाउँको दशगजा नजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटनास्थलबाट प्रहरीले एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिइएको प्र.ना.उ. श्रेष्ठले जानकारी दिए ।जिल्लामा जाली नोटका कारोबारी लाई प्रहरीले यस अघि समाईए पनि यसटक कारोबार गर्ने मुख्य गिरोहलाई नै पक्राउ गरिएको जनाएका छन्