१५ भाद्र ,काठमान्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी निर्णय गरेको हो।
घटेको भाउ अनुसार पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । भन्ने सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ
यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ।