१४ भाद्र ,कलैया । बाबाधाम तिर्थटानमा गएका बाराको बारागढी गाँउपालिकाका बस भारतको समस्तीपुरमा भएको दुर्घटनामा घाइते मध्ये गम्भिर रहेका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारागढी गापा–३ मुर्कीपालियाका ६२ वर्षीय किशोरीराम चमार हुन्।उनको उपचारको क्रममा पटना अस्पतालमा मृत्यु भएको गाँउपालिका अध्यक्ष अशोक जयसवाल ले जनाएका छन्।
रामको समस्तीपुरमा समान्य उपचार पछि थप उपचारार्थ पटनास्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । रामसँगै उनकी पत्नी रामपति र नातिनी सुजितासमेत घाइते भएकी थिइन् । दुवैजना उपचार पछि निको भएकी छन् । उनीहरू किशोरी रामको शव लिएर नेपाल फर्किदै गरेको आफन्तजनले जानकारी गराएका छन्।
पिप्रा बसतपुर गाउँबाट ना ७ ख ६४४६ नम्बरको उक्त बस रिजर्भ गरी उनीहरु तीर्थ यात्रामा हिडेका
बसलाई आइतबार बिहारको समस्तीपुरको मुसरीघरारी चोकमा ट्रकले पछाडीबाट ठक्कर दिँदा पल्टिएको थियो ।
दुर्घटनामा बसका चालक–सहचालक सहित सवार सम्पुर्ण ४७ जना बोलबम काँवरिया घाइते भएका थिए । केही उपचारपछि घर फर्कि सकेका छन् भन्ने केहिको स्थानिय र काठमान्डौमा उपचार भईरहेको छ।
भारतमा सरकारी अस्पतालमा उपचारमा लापरवाही भएपछि घाईते आ-आफ्नै खर्चमा उपचार गराईरहेका छन्।