मोटरसाईकल दुर्घटनामा परि चालक लामाको मृत्यु

दाश पन्न्नालाल
1 Min Read

८ भाद्र ,बारा। मोटरसाईकल  दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१ पथलैयामा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालको  मृत्यु भएको हो ।

बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका -१ बस्ने ३० वर्षीय आदेश लामा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक लामा  पथलैयाबाट सिमरास्थित घरतर्फ  जाँदै थिए । घाईते पैदल यात्री हेटौंडा उपमहानगर घर भई ट्रकका सहचालकसमेत रहेका २१ वर्षीय रितेश रुम्बालाई ठक्कर दिँदा दुर्घटना हुन गएको हो ।

मृतक आदेशले रुम्बालाई ठक्कर दिएपछि मोटरसाइकल सहित बिजुलीको पोलमा ठोकिनपुगी उछिटिएर दुर्घटनामा परेका हुन्।

बिरगंज स्थित वयोधा अस्पतालमा घाईते भएका पैदलयात्री रुम्बाको खुट्टा भाँचिए उपचार भैइ रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी ढकालले जानकारी दिएका छन् ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *