७ भदौ,तनहुँ । धार्मिक तिर्थ धाम दर्शनमा भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु हुन गएको छ ।
भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बस शुक्रवार तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऐना पहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको हो ।
चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो । नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजना अनुरुप यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।
पोखराको होटल स्पोट्र्स र पोखरा इन होटलमा बाँडिएर बसेका उनीहरु २ दिन पोखरा घुमेर मुक्तिनाथ भने गएनन् । शुक्रबार बिहानै पशुपतिनाथ दर्शन गर्न काठमाडौं लागे ।
भारतको महाराष्ट्रदेखि इलाहबाद हुँदै सँगै तीर्थ यात्रा र नेपालको भ्रमण गरेर रोमाञ्चित भएर फर्किने योजनासहित दुई गाडीमा पोखराबाट काठमाडौं लागेका उनीहरु चढेको एउटा गाडी आँबुखैरेनी त्रिशुली नजिकै मस्र्याङ्दीमा खसेको हो ।
गाडीमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये धेरैको अवस्था चिन्ताजनक छ । २७ जनाले ज्यानै गुमाएका छन् । आँबुखैरेनी–२ को ऐना पहारा भन्दा १ सय मिटर वरको घुम्ति कट्नेबित्तिकै सिधा बाटो आउने बेलामै सडक सुरक्षाका लागि क्र्यास व्यारिएर भत्काउँदै मर्स्याङ्दीमा खसेको हो ।
दुर्घटनामा ज्यान गुमाएका :
१. वर्ष ४५ का सुहास प्रभाकर राणे
२. वर्ष ४२ की सरला सुवास राणे
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे
४. वर्ष ६२ का तुक्सीराम तायडे
५. वर्ष ४५ की मंगला विलास राणे
६. वर्ष ६० का सुधाकर वकीराम जावके
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके
१०. वर्ष ५० को संदिप राजाराम सरोदे
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
२२. वर्ष ६२ की सुल्क वारमे
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी
काठमाडौंमा उपचाररत घाइते
१. ६० वर्षीय सुनील झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ
घाईाते मध्ये केहिको अवस्था नाजुक रहेको छ। शवको पोस्टमार्टम पछि परिवारलाई बुझाईने छ। वर्षायाममा हुने बाढी पहिरो लगायत सुख्खा पहिरोमा समौत सरकारले गम्भीर हुन सकौको छैन। सडक हादसा बढेपनि ठोस योजना बनेको देखिएको छैन्।