मुग्लिन–नारायणगढ खण्डमा पहाडबाट खसेको ढुंगा लागेर बस दुर्घटना, २५ जना घाइते

दाश पन्न्नालाल
3 Min Read
७ भदौ, नारायणगढ ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका -२९ सत्र किलोमा बस दुर्घटना भएको छ। आज दिउँसो पवने दुई बजे  माथिबाट ढुंगा खसेर लाग्दा यात्रुबाहक बस दुर्घटना परेको छ ।

ग २ ख ४७ नम्बरको बस रौतहटको गौरबाट पोखरा जाँदै गरेको थियो ।  माथिबाट ढुङगा खसेर बसमा ठोके अनि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइएकी हुन्।

चितवन प्रहरीका अनुसार बस दुर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् ।सो  बसमा ३५ जना यात्रु सवार थिए।

घाइते हुनेहरूमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी,  रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह,  चितवन भरतपुर महानगर-२९ बस्‍ने २७ वर्षीया पूजा न्यौपाने,  भरतपुर-२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै रौतहट कटहरिया-१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर-८ का  २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन-६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ-५ का ४३ वर्षीय अर्जुन चौलागाइ, रौतहट गरूडा-४का २० वर्षीय पवन साह र गरूडा-७ बस्‍ने १५ वर्षीय अनोस साह, बाराको जितपुर सिमरा-१ का २४ वर्षीया उन्नती उपाध्‍याय र उनका श्रीमान अनदीप धिमाल रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी रौतहटको गढीमाई-६का ४८ वर्षीय शैलेन्द्र यादव, शैलेन्द्र यादवकी १८ वर्षीय छोरी अर्चना यादव,   रौतहटको वृन्दावन- ६ बस्‍ने २२ वर्षीय दिनानाथ दास, रौतहटको परोहा-७ बस्‍ने ३४ वर्षीय  मो.खैयाज, , रौतहटको  वृन्दावन-६ बस्‍ने १७ वर्षीय नौराज कुमार साह, रौतहटको गौर-५ बस्‍ने ५० वर्षीय नबिन कुमार केसरी, रौतहटको वृन्दावन-६ बस्‍ने १८ वर्षिय अजय कुमार दास,  रौतहटको गौर-९का २१ वर्षीया ढली ठाकुर र उनकी बहिना २० वर्षीया दिव्या ठाकुर सामान्उ घाइते भएकी छिन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।

यसअघि गत असार २८ गते सोही सडकखण्डमा बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो । सोही दिन सिमलतालमा पहिरोले २ बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।

वर्षाले र निम्त्याएको पहिरोले पहाड र भिर भएका सडकमा जोखिम बढदै जादा आजै मात्रै कौहि मिनेटको फरकमा दुईटा यात्रुबाहक  बस दुर्घटना भएको छ।
अबुखैरनीकि मर्स्यङदीमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएको छ १६ जनालाई उद्दार गरि उपचारको लागि हेलिकप्टरबाट काठमान्डौ लगिएको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *