भदौ २ , काठमाडौं । देशमा पछिल्लो एक वर्षको अवधिमा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । स्वदेशमा रोजगारी नपाएपछि मान्छे लाखौको संख्यामा बैदेशिक रोजगारीमा खााडि मुलुक अरब कतार मलेसिया लगायत देशमा कामको शिलशिलामा विदेशिनु परेको दृष्टान्त आंकडाले देखाउँछ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । यो अघिल्लो आ.व. २०७९/८० को तुलनामा १६.५ प्रतिशत बढिी हो ।
राष्ट्र बैंकको यो तथ्याङ्क अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।
यस वर्ष वैदेशिक रोजगारीमा जाने संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाह अनुमान भन्दा अत्यधिक हो ।
वैदेशिक रोजगारीमा जानेको संख्यामा ४.३४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा भने सात लाख ४१ हजारले नयाँ र पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यस्तो स्वीकृति लिनेको संख्या ७ लाख ७४ हजार थियो।
रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक सात खर्ब ४२ अर्ब रूपैयाँले बढेको छ। निक्षेप १३ प्रतिशतले बढेको हो।
पढेलेखेका योग्य दक्ष सहित कामदार विदेशिनुको आफ्नै व्यथा छ। उनिहरुले पठाएको रेमिटन्सले देशमा अर्थतन्त्रमा ठुलो टेवा पुर्याएको छ।
बैध रुपमा आउने बैंक, आएमई ,मनिट्रा्सन्फर लगायतबाट मात्रै हो, यस बाहेक हुण्डि कारोबारी मार्फत अर्बौ रकम रेमिटान्स चुहावट भईरजहेको हुण्डि कारोबारी पक्राउ पर्नुले पुष्टि गरेको छ।