विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको पुर्व तयारी

दाश पन्न्नालाल
6 Min Read
Highlights
  • विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला यहि सालको मंसिर महिनामा लाग्ने छ।पचासौ लाख मेला भर्ने दर्शनार्थि ाआउने अनुमान छ। यश वर्षको मेला पहिले भन्दा अझ व्यवस्थित लाग्ने यसको लागि पुर्वबतयारीको गृहकार्य भईरहेको नगर प्रमुख यादवको अठोट।

 साउन ३२,महागढीमाई, बरियारपुर ।  गढीमाई पञ्चवर्षिय मेला नजिकिदै गएको छ। लाखौको भिडलाई सुव्यवस्थित तुल्याउन पुर्व तयारीमा नगरपालिका र मन्दिर विकास समिति जुटेको छ।

मेलाको स्वामित्व लिन आन्तरिक छलफल  र योजना बनिरहेको बताईएको छ।  पशु वलि बढी चढने एसियाको सब भन्दा ठुलो मेला हो।  विश्ववमा प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला यहि २०८१ सालको अबको तीन महिना पछि मंसिरमा लाग्ने भएको छ।

बाराको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा हरेक पाँच  वर्ष पछि मसिर महिनामा लाग्ने गर्दछ।  करिब एक महिना अगावै देखि मेलाको तामझाम र क्षणक देखिन थाल्छ । छठपर्व पछि मेलाको रौनकता बढदै जान्छ।

गढीमाईको महिमा र यशलाई लिएर दर्शन, मेला भर्ने श्रद्धालुको बाक्लो आवतजावत हुन थाल्छ। मंसिर शुुक्ल पक्ष एकम् देखि सप्तमी अष्टमीको बृहत् पुजापाठ पछि  विधिवत वलि दिने प्रारम्भ हुने गरेको छ।

मेला लागेको सोही वर्ष पुन: माघे संक्रति ( खिचडी)का दिन भव्य मेला लाग्ने गरेको छ। कारणबश मंसिरमा भाकल चढााउन नसकेका भक्तजन मनोकामना पुर्तिको पाडा बाहेक पशु पंक्षि वलि चढाउँछन्।

  • यसपछि पनि कसैले भााकल गरेेकाले वलि चढााउन छुटेछ भन्ने फाागु पुर्णिमा / होली पर्वको दिन पुजारी शिव चौधरी र मंगल चौधरीको आंगनमा रहेको मन्दिरमा वलि दिने परम्परा छ। त्यस पश्चात वलिको समाप्ति हुन्छ । अब अर्को पाँच वर्ष पछि लाग्ने मेलामा वलि दिईने पुजारी शिव चौधरी बताउँछन्।

गढीमाईको मन्दिर विशालकाय नभएपनि किम्दवन्ति अनुसार जेल जिवनबाट भगवान चौदधरीलाई मुक्त गराएकी बेला देखि गढीमाईको महिमाको गाथाले संसारभरि ख्याति कमाएको छ। ईच्छा वरदानको पुर्ति हुने, गढीमाईको मन्दिरको फुल अक्षता बाँझो नारीले खादा नि:सन्तानले पुत्र प्राप्ति हुने गरेको जनविश्वासले गर्दा हरेक वर्ष भाकल बढदै गएको हो।सोही बेला देखि गढीमातालाई पशु वलि चढााउने प्रथा रहदैआएको बताईन्छ। भाकल गरे नगरेपनि वलि नचढाए अनिष्ट हुने डरले मानिस गढीमाई मन्दिर आसपास क्षेत्र गाँउघरमा घरैपिच्छे कम्ति एक बोका अनिवार्य चढााउने प्रचलन छ। भाकल गरेअनुसार स्व:स्फुर्त दुई/ चाा बोका र पाडाको वलि दिईने परम्परा कायम छ। मन्दिर स्थापना कालदेखि भगवान चौधरीका बंशज मुख्य पुजारी लगायत मन्दिरका रेखदेख पुजापाठ गर्ने चौधरीहरु नै यस ऐतिहासिक गढीमाई मन्दिरका पुजारी रहदै आएका छन्। यहाँ पण्डित पनि यिनै चौधरीका आशिर्वाद थााप्छन्।

 

मान्छेको आस्था विश्वासले मनमा चिताएको पुरा भएकोले भाकल स्वरुप बोका , राङ्गा( पाडा) , हाँस, परेवा, कुखुरा लगायतका बलि चढाउने चलन प्रथाको रुपमा कायम छ। यसको साथै फलफुल, मिठाई ,नारिवल चुनरी समेत चढाई पुजाआजा पनि गरिन्छ। दिनहुँ भििडभााड हुने गरेको छ।

गत मेलामा २० औं लाख मानिस मेला भर्न आएका थिए। हजारौ पशुपंक्षिको वलि चढेेका थिए। मेला व्यवस्थापनमा यसपाली मन्दिर परिसर धुुलोरहित बनाईएको छ। पसललाई व्यस्थित गरिएको छ। मन्दिर नीर लकर सुविधा थपिएको छ भन्ने स्तनपान गराउने सुविधा व्यस्थित गरिएको छ।

मन्दिर विकासका प्रयासहरु नभएका होईन्न जुन किसिमले हुनुपर्ने हो, अपेक्षित हुन सकेको छैन्। गढिमाई नगरपालिका र बारा जिल्लाको मात्रै नभई देशको धाार्मिक स्थल धरोोहरको रुपमा रहेकोले राज्यको लगानिको खाँचो छ।

  •  मन्दिरको पोखरीमा डिल बनाइएको छ, जसबाट मेला भर्ने आगन्तुकलाई सहज होस्। टाढा टाढाको यात्रीको लागि सुविधा युक्त धर्मशाला र निजि गेस्ट हाउस पनि सुचारु रहेको छ।

पशु वलि व्यवस्थापनको लागि ठुुलै स्तरको बधशाला यसअघि निर्माण भईसकेको छ।

 गढीमाईको रौनकता बढाउन जनकपुरधामको झझल्को दिने विवाह मण्डप निर्माण सम्पन्न भई चिटिक्क परेकोले सौन्दर्यतामा फडको मारेको छ।

मन्दिर परिसरमा सेल्फि खिच्ने खिचिाउनेेको दृश्य देखिएपनि दिर्घाकलिन तवरले आन्तरिक पर्यटन प्रबर्द्धनको विकास हुन सकेको छैन्।

धार्मिक पर्यटनको बाह्य पर्यटक तथा श्रद्धालुको लागि आकर्षण गर्न सरोकारवाला पक्ष चुुकेकै हो।  पोखरीमा आधा अधुुरा बनाईएका मन्दिर निर्माण भईदिएको भए विहान बेलुका मोर्निङग वाक र साँझ दृश्यावलोकनले मन्दिर व्यवसथापन विकासमा टेवा मिल्ने थियो ।

मंन्दिरसम्म पुग्ने बाटो केही पिच भई पक्कि ढलानको क्रममा रहेको छ। तर नाम अनुसारको मेला व्यवस्थापनमा कमिजोरी हुँदै आएको छ। सुव्यवस्थित मेलाको पुर्व तयारी वेलैमा सरोकारवाला निकाय जुटनु पर्ने ७२ वर्षिय वृद्ध रामजी दास बाताउँछन्। जनसंख्या बढोतरीसँगै अझ मास बढने आकलन छ, उनले भने।

लाखौको आगन्तुक मेला हेर्न आउने भएकोले यो नगरपालिका मात्रै नकि आसपासका पालिका पाँच कोष दुरीसम्म आफन्त कुटुम्बको भिड हुन्छ, बाटोघाटो अस्तव्यस्त हुन जान्छ स्थानिय जगेश्व र यादव बताउँछन्।

गढीमाईमा विशेष गरि बारा, पर्सा, रौतहट गरि तीन जिल्ला र मधेश प्रदेश सहित स्वदेशी तथा छिमेकी राष्ट्र भाारतको विहार र युपीबाट समेत लाखौलाख मानिस मेला भर्ने आउने गरेका छन्।

मेला व्यवस्थापन मुल समितिको संयोजक नगरपालिका प्रमुख उपेन्द्र यादव र गढीमाई मन्दिर विकास तथा संचालन समितिका अध्यक्ष रामचन्द्र साह तेलीको मुख्य रुपमा मेलाको व्यवस्थापन र चुुनौती काँधमा छ।

समितिका अध्यक्ष तेली कसैसँग वलि चढाउ कोहि भन्न जादैन । मानिसको आस्था छ।मातासँग प्रार्थना गरेको हुन्छ ,मनोकामना पूरा भएपछि वलि चढााउन ल्याउने गरेको छ। मेलामा ल्याईएको पशु वलिको लागि त्यसै छाडिदिदा गाँउका पुरै वालिनाली सखाप हुन्छ उनि बताउँछन्।मेला समितिले व्यवस्थपान गरिदिने गरेको छ।

गत मेलामा देखिएका कमि कमजोरीलाई सुधार गर्दै  मेला भव्य सभ्य बनाउन कुनै कतै कसर बाँकि नराख्ने नगरप्रमुख यादवको अठोट छ। पुर्व तयारीमा गृहकार्य थालेका छौ, मेला पहिले भन्दा यसपालि अझ सुव्यवस्थित ढंगले लाग्छ, ऊनले बताएका छन्।

 

 

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *