कांग्रेस- एमालेले दुई दलिय शासन प्रणाली लादने प्रपञ्च गरिरहेको- डा. सिके राउत , सडक आन्दोनको तयारीमा रहन कार्यकर्तालाई निर्देशन

दाश पन्न्नालाल
3 Min Read

वीरगन्ज । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको बताएका छन् । जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो षडयन्त्रविरुद्ध सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन् ।

 डा. राउतले नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय शासनको व्यवस्था ल्याउन लागेको आरोप लगाए । जसको गन्ध बुधबारको संसद् बैठकबाट प्रष्ट भएको उनले बताए ।

 दुई दलले गरिरहेको षड्यन्त्रको विरोधमा आन्दोलनमा उत्रिन तयार रहनुपर्ने आवश्यक रहेको बताउदै  दुई दलिय सत्ता प्रणालीको आशय साना दलहरुलाई समाप्त गर्नु रहेको छ।

अध्यक्ष डा. राउतले संविधानमा लेखिदैमा निश्चिन्त हुनेअवस्था नरहेको बताए । कार्यन्वयनका लागि दबाब दिनुपर्नेमा जोड दिँदै उनले संसदमा बोल्न समेत प्रतिबन्ध लगाइएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

दुई दलीय व्यवस्थामा जाने चर्चा चलीरहेकोमा चिन्ता व्यक्त गर्दै प्रतिनीधि सभा सदस्यसमेत रहेका राउतले देशलाई संकटमा पार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । एमाले र कांग्रेस मात्रै मिलेर देशमा शासन लाद्ने प्रपञ्च रचिरहेको आरोप लगाएका छन्।

‘दुई दलीय व्यवस्था ल्याउन दुई ठुला दल एकमत देखिएका हुन्, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा कहीँ पनि अभ्यासमा छैन । ठुला दलहरूमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ ।

तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ ।’  उनको कथन थियसो।रकार र सदनबाट विश्वास नरहेको बताउँदै उनले अन्तिम बाटो भनेको सडक आन्दोलन नै रहेको छ त्यसको लागि आम नागरिकको अग्रिम मोर्चामा पार्टि नेता कार्यकर्तालाई रहन निर्देश गरेका हुन्। ।

ठूला दलले संघीयता शब्द सुन्न नचाहने बताउँदै उनले सबै अधिकार सिंह दरबारमै राख्ने खेल खेलीरहेको आरोप लगाए । मन्त्रीमण्डललाई समावेशी नबनाउने र दलित, सीमान्तकृत समुदायलाई माथि उठ्न नदिने कार्य सह्य नहुने बताएका छन्। 

आज पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै उनले जनमत पार्टीमा सबैलाई जिम्मेवारी र स्वाभिमान मिल्ने आश्वासन दिए ।  क्षमता र योग्यताको मूल्यांकन जनमतमै हुने पनि उनले दाबी गरे।

अध्यक्ष राउतले संघीयतालाई बलियो बनाउन संघीय सरकारले प्रदेशहरूलाई अझै बढी अधिकार दिनुपर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा, लोसपा पार्टी परित्याग गरि सयौं जनाले जनमत पार्टीमा प्रवेश गरेका बारा क्षेत्र-२ का विधायक प्रत्यासी एवम् सक्रिय जुझारु युवा नेता गजानन्द यादवले बताएका छन्

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *