सिम्रौनगढमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

दाश पन्न्नालाल
2 Min Read

 


कलैया ।  बाराको सिम्रौनगढ नगरपालिकामा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।  ।

शुक्रवार राती खानासँगै माछा खाएका थिए । त्यस लगतै एकाएक तीनेै जना बालबालिकाको स्वास्थ्य अवस्था विग्रिन थााले। स्थानिय क्लिनिक कलैया प्रदेशिक अस्पताल हुँदै विरगंज अस्पतालसम्म उपचारको लागि लगिएका थिए।

जसमध्ये एकजनाको आइतवार मृत्यु भएको थियो भने  दुई जनाको  गएराती मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेहरुमा बारा सिम्रौनगढ नगरपालिका – ७ टोल झवानीका नरेश रामको ९ बर्षिया छोरी लालिमा राम ,५ वर्षीय छोरा कृष्णनन्दन राम र ४ वर्षिया छोरी पुष्पा कुमारी रहेका छन् ।

मृतक मध्ये ललिमा रामको एक दिन अगाडी र दुईजनाको गएराती साढे १२ बजेको समयमा उपचारको क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले जानकारी गराएका छन् ।

शुक्रबार रोटी र माछा खाए लगत्तै उनीहरु तीनै जना बिरामी भएका नरेशकी श्रीमतीले बताएकी छिन् । बिरामी भएपछि उनीहरुलाई स्थानीय क्लिनिकमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्ज लगिएको थियो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट पछि मात्र थप यकिन हुने प्रहरी निरीक्षक राईले बताएका छन्।

 अती विपन्न गरिब परिवारलाई मृतक बालबालिकाको अभिभावककलाई वडा अध्यक्ष बिवेक मेहताले सहयोगार्थ नगद रु १० हजार प्रदान गरेका छन्। साथै असहाय गरिब दलित परिवार भएकोले सकेसम्मको आर्थिक सहयोगको लागि अनुरोध गरेका छन् ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *