बारा प्रहरी श्रीमती संघद्धारा रक्तदान

दाश पन्न्नालाल
1 Min Read

बारा- नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिक उत्सव आज  रक्तदान गरि मनाएको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

सो कार्यक्रममा रक्तदान गर्न चाहने ईच्छुक प्रहरी लगायत सर्बसधारण  ब्यक्तिहरु समेत रक्तदान कार्यमा सहभागीता जनाएका हुन्।

नेपाल प्रहरी श्रीमती संघ नेपाल प्रहरीका कर्मचारीहरूको श्रीमतीहरूले स्थापना गरेको यस संघको मुख्य उद्देश्य प्रहरीको परिवारहरूको सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक विकासमा योगदान पुर्याउनु रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी गराएका छन् ।


संघले बिपतिमा परेका बर्ग,दलित,असहाय,गरिब,बिपन्न बर्गलाई आवश्यक राहत सहयोग सँगेै बालबालिकाको शिक्षामा समेत सहयोग गर्दै आएको प्रहरी उपरीक्षक खड्काले जनाएका छन्।

वार्षिक उत्सवको अवसरमा अमृता अनाथालयमा राहत बितरण र बृक्षारोपण समेत गरिएको बाराका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन्।

सो अवसरमा प्रादेशिक अस्पताल कलैयाका चिकित्सक शेख गुल,प्रादेशिक अस्पताल कलैयाका ल्याब ईन्चार्ज शेख फुलमहमद,रक्त सन्चार केन्द्र कलैयाका ल्याब टेक्निसियन नाजदा खातुन,ल्याब असिस्टेन्ट कृष्ण यादव,ल्याब असिस्टेन्ट राजाबाबु गुप्ता,महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल,नेपाल रेडक्रस सोसाइटी बाराका उदय नेपाल लगायतका उपस्थिति रहेको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *