सात्विक गढीमाई अभियान सम्बन्धी अन्तरक्रिया

दाश पन्न्नालाल
1 Min Read

कलैया- संवाहक डेली
२०८१ साउन १९
पशु कल्याण संघ नेपालद्धारा आयोजित बाराको कलैयामा सात्विक गढीमाई अभियान विषयक एक दिने मिडियाको भुमिका सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ।

वलि पशुको होईन , अन्धविश्वासको दिऔ मुल अभिप्रायले गढिमाइ मन्दिरसँग सरोकारवाला सहित नेपाली र भातिय मिडियाकर्मिसँग सो अन्तरक्रिया गरेको हो।

स्नेहा केयर्सका संथापक स्नेहा श्रेष्टले पशु वलिको सट्टा नारिवल , फलफुल मिठाईले पुजाआजा गर्न्न वा नगदै भेटि चढाई भाकल पूरा हुने सँगै मन्दिर निर्माण विकासमा सहयोग हुने उद्देशय राखेकी छिन्।

यहि वर्षको मंसिर महिनामा एसियामा ठुलो पशु वलि चढने मेलाको रुपमा विश्वप्रसिद्ध पञ्चवर्षिय मेला लाग्ने छ। गढीमाईको आस्थाले श्रद्धालु भाकल गरेका हजारौ राङ्गा, बोका, हाँस ,कुखुरा लगायतका पशु पंक्षिको वली दिन्छन्।

सो अन्तरक्रियामा पुर्व भौतिक राज्य मन्त्री कलावति पासवान , महागढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत विजय कुश्वाहा, गढिमाई विकास तथा संचालन समितका अध्यक्ष रामचन्द्र साह तेली, पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगायतकाले आफ्ना सुझाव राखेका छन् । कार्यक्रमको संचालन नरेश गुप्ता तथा संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *