दास पन्नालाल- संवाहक डेली
साउन २६ , कलैया
बाराको दक्षिणि भेग महागढीमाई नगरपालिका – ९ पिप्राविर्तामा सरिहन धान रोपाईँ गर्न किसानले आजकल विरलै देखिने हलो गोरुले खेत जोत्दै गरेको दृश्यले कृषिकर्मको कठिन परिश्रमलाई पुष्टि गरेको छ।
हलो गोरु प्राय:दुर्लभ बन्दै गएको छ। ट्रेक्टरले खेती हुन थालेपछि गोरु पाल्न मान्छेले छाडेका छन्।
ट्रेक्टरबाट जुन खेत जोताई गर्न अप्ठयारो हुन्छ त्यस खेतमा कादो गर्न हलो गोरुको खोजी खुबेै हुन्छ, किसान रामेश्वर दासले बताउनु हुन्छ। पाँछ/ सात टोल चहर्दा मुसहर्नामा बल्ल पाएर (कादोपखार) रोपाईँ सकिन समभव छ, यो न भेटिएको भए केही खेत बाँझो रहन्थे,उनले थपे।
टायर गाडा जोत्न र आफ्ना निजि खेतवारि गर्न गोरुबाटै गरिने गोरु पालेका किसानले बताए। आफ्नेै कामले फुर्सद हुदैन । ट्रेकटर नपुग्ने खेतमा मान्छे खोज्देै आएपछि आवश्यक्ता हेरि जोतिदिने गरेको छु।
साउन महिनाको अन्तिम तिर लगभग यस वडामा अगहनी सोना मसुली, बासमति, कतरनी लगायतका धानको रोपाईँ सम्पन्न भएको छ। सिंचाईको प्रयाप्त सुबिधा भएपछि बिधुतबाट मोटरले सिंचाई चाहिने वेलामा खेत गर्न सकिने भएकोले सालको तीन बाली उब्जनी हुने गरेकोले किसान हर्षित छन्।
सुखि र समृृद्ध किसान सफलतामा महागढीमाई नगरपालिकाको नगर ठुलैबयोग्दान छ। कृषि मिटरको सम्पुर्ण विल नगरपालिकाले तिर्ने योजना लागू गरेपछि नगर प्रमुखा उपेन्द्र प्रसाद यादवको सराहना वडाभरिको किसानमाझमा छ।