दास पन्नालाल -संवाहक
बारा , २०८१ साउन २०,
बारा प्रहरीले जबरजस्ति करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।
कलैया उप-महानगरपालिका- ६ मदर्शा टोलका २७ वर्षिय ईम्तियाज अंसारीलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद अदालतबाट तोकिएको पछि उनी लुकिछिपि बस्दै आएका थिए।
कारवाहीको सिलसिलामा साउन १९ गते राति अं. साढे नौ बजेको समयमा अस्थाई प्रहरी पोष्ट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा जानकारी गराएका छन्।